कोरियन लगानीमा स्थापित एसवाई प्यानल, सुदृढ वित्तीय अवस्थाले मच्चाउला शेयर बजारमा तान्डव ?

काठमाडौँ । २०७२ सालको विनाशकारी भूकम्पले मुलुकभर अत्यधिक क्षति पु-यायो । हजारौँ नागरिकले ज्यान गुमाए, लाखौँ घाइते भए र असंख्य संरचनाहरू भत्किए । विपद्पछि देशभर ‘भूकम्प प्रतिरोधी सामग्री’ र सुरक्षित आवासको आवश्यकता तीव्र रूपमा बढ्यो । यही आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यका साथ २०७४ साल असार २० गते नेपालमा एसवाई प्यानल कम्पनी स्थापना भयो । दक्षिण कोरियाका नागरिक बाङ योन जाई र लि वा चुनको नेतृत्वमा एसवाई को. लिमिटेड (तत्कालीन एसवाई प्यानल कम्पनी लिमिटेड), दक्षिण कोरिया संस्थापक कम्पनीका रूपमा रहेको एसवाई प्यानलले उच्च प्राविधिक क्षमतासहितको लगानी नेपालमा भित्र्यायो । नेपालको निर्माण क्षेत्र तीव्र आधुनिकिकरण हुँदै गएको समयमा एसवाई प्यानलले दुई फरक उत्पादन ईकाइमार्फत उच्च गुणस्तरीय सामग्री बजारमा ल्याउँदै आएको छ । स्यान्डविच इपिएस प्यानल उत्पादन उद्योग २०७४ साउन १२ गते र यूपिभिसि झ्याल तथा ढोका उत्पादन उद्योग २०७४ कात्तिक २० गते दर्ता भई सञ्चालनमा आएका थिए । यी दुवै उत्पादन यतिबेला नेपाली निर्माण उद्योगको पहिलो रोजाइ बन्दै गएका छन् । इपिएस प्यानल ऊर्जा–दक्ष, हल्का, दिगो र छिटो निर्माणयोग्य भएकाले घर, अस्पताल, विद्यालय, गोदामदेखि उद्योगसम्म विभिन्न संरचनामा प्रयोग बढ्दै गएको छ । यूपिभिसि झ्याल–ढोकाले घरलाई ध्वनि रोधक, पानी सुहाउँदो र दीगो बनाउने भएकाले यसको माग दिनप्रतिदिन फैलिँदो छ । उत्पादन प्रविधिले नेपाली उपभोक्तालाई गुणस्तरीय सामग्री सुलभ मूल्यमा उपलब्ध गराएको छ । भूकम्पले … Continue reading कोरियन लगानीमा स्थापित एसवाई प्यानल, सुदृढ वित्तीय अवस्थाले मच्चाउला शेयर बजारमा तान्डव ?