रिलायन्स मिल्सको प्रदूषणको मारमा खनार बस्ती, गोल्यान ग्रुपको मनपरीले गाउँमा दुर्गन्ध-पानीमा विष!
काठमाडौँ । कानुनी यन्त्र प्रयोग गरी आईपीओ प्रक्रियामा अघि बढेको गोल्यान ग्रुपले संचालित रिलायन्स स्पिनिङ मिल्सले स्थानिय सर्वसाधारणलाई भने सास्ती दिने गरेको पाइएको छ । रिलायन्सको उद्योग अवस्थित क्षेत्रमा स्थानीयबासी दिनदिनै रोग, दुर्गन्ध र प्रदूषणसँग लडिरहेको खुलेको हो । डेढवर्ष अघि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ प्रस्ताव संघीय संसदको सार्वजनिक लेखा समितिमा प्रश्न उठेपछि केही समयका लागि रोकिएको थियो । चौतर्फी दबाब र आईपीओ स्वीकृत गर्दा घोटाला भएको विषयहरू उठेपछि समितिले धितोपत्र बोर्डसँग सो सम्बन्धमा स्पष्टिकरण मागेको थियो । जस कारण बोर्डले पनि कम्पनीको आईपीओ प्रक्रिया रोक्ने निर्णय गरेको थियो । सो पश्चात डेडिकेटेड र ट्रंकलाइनको बक्यौता शुल्कको विवादका विषयमा मिल्सले अदालतमा रिट दायर थियो । उच्च अदालत पाटनले कम्पनीलाई नेपाल विद्युत् प्राधिकरणविरुद्ध अन्तरिम आदेश दिए सँगै नेपाल धितोपत्र बोर्डले आईपीओ प्रक्रिया अघि बढाउन ग्लोबल आइएमई क्यापिटललाई पत्र काटेको छ । बक्यौता विवाद समाधान भइसकेको हुँदा कम्पनीको आईपीओ अघि बढाउने बाटो खुला भइसकेको भन्दै बोर्डले क्यापिटललाई पत्र काट्दै प्रक्रिया अघि बढाउन भनेको हो । कागजमा सबैकुरा मिलाउँदै कम्पनी आईपीओ निकाल्ने तयारीमा देखिए पनि उद्योगको वास्तविक प्रभाव भोगिरहेका स्थानीय नागरिक भने आजसम्म अन्धकारमै परेका छन् । सुनसरीको इटहरी–१२, खनारस्थित मिल्सले आफ्नो उत्पादन प्रक्रियाबाट निस्कने अत्यधिक प्रदूषणयुक्त फोहर पानी स्थानीय खोलामा मिसाउँदै आएको वर्षौंदेखिको गुनासो छ । रसायनयुक्त पानीको कारण खेतीयोग्य जमिन बाँझो … Continue reading रिलायन्स मिल्सको प्रदूषणको मारमा खनार बस्ती, गोल्यान ग्रुपको मनपरीले गाउँमा दुर्गन्ध-पानीमा विष!
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed