सागर डिष्टिलरीको आईपीओमा वित्तीय चलखेल, शेयर बजारमा माफियाहरुको रजगज!

काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडले आम सर्वसाधारणलाई ठग्ने गम्भीर वित्तीय चलखेल गरेको पाइएको छ । कम्पनीले आईपीओ अघि पेश गरेको वित्तीय विवरणमा नाफा देखाएर स्वीकृति प्राप्त गरेको भएपछि नेप्सेमा सूचीकृत भएको तीन महिनाभित्रै सार्वजनिक भएको त्रैमासिक वित्तीय विवरणले कम्पनीको अवस्था पूर्णतः विपरीत देखाएको हो । कम्पनीले २०८२ साउन १२ गते आईपीओ स्वीकृति पाउँदा पेश गरेको विवरणपत्र अनुसार आर्थिक वर्षको नाफा ४० लाख रुपैयाँ रहेको देखाइएको थियो । तर, आईपीओ पश्चात सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनी १ करोड ५३ लाख रुपैयाँ खुद ऋणात्मक रहेको छ । उत्पादनमूलक कम्पनीहरूको व्यापार दसैं–तिहारको सिजनमा उच्च हुने सामान्य परम्परा भए पनि सागर डिष्टिलरीले ठीक यही समयमा भारी घाटा देखाएको छ । यसले आईपीओ निष्कासन अघि पेश गरिएको वित्तीय विवरणमा त्रुटि वा जानाजानी चलखेल भएको आशंका बढाएको छ । कम्पनीले आईपीओ मार्फत सर्वसाधारणबाट उठाएको रकमलाई प्राप्त गरेपछि मात्र घाटा देखाउनु वित्तीय नियमको उल्लंघनको संकेत हो । असोज मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४४ पैसा ऋणात्मक देखिएको छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ४७ पैसा रहेको छ । सागर डिष्टिलरी २०१४ मा स्थापना भएको र २०२३ मे २१ मा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको एक आधुनिक मदिरा मिश्रण तथा बोटलिङ्ग इकाइ हो । कम्पनी भोड्का, ह्विस्की, जिन लगायत … Continue reading सागर डिष्टिलरीको आईपीओमा वित्तीय चलखेल, शेयर बजारमा माफियाहरुको रजगज!