१३ प्रतिशतले घट्यो वाणिज्य बैंकको नाफाः चार महिनामा कमाए साढे १९ अर्ब, कुनको कति ?

काठमाडौँ । वाणिज्य बैंकहरुको नाफामा गिरावट देखिएको छ । जेन जी आन्दोलनपछि बनेको असहज परिस्थितिका कारण बैंकहरुको मुनाफा प्रभावित बन्न पुगेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को चार महिनासम्मको तथ्याङ्क अनुसार वाणिज्य बैंकको मुनाफा १९ अर्ब ३७ करोड ५४ लाख ९० हजार रुपैयाँमा सीमित भएको हो । बैंकहरुको मुनाफा गत आर्थिक वर्ष २०८१।०८२ को चार महिनाको तथ्याङ्क भन्दा १३.११ प्रतिशतले कम हो । सो आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरुले २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । पछिल्लो समय बैंकको खराब कर्जाको ग्राफ बढ्दै गएको छ । देशमा चलि रहेको आन्दोलन र आर्थिक मन्दिका बीच बैैंकहरुको खराब कर्जा बढ्दा त्यसको प्रभाव बैंकहरुको नाफामा पर्ने गएको देखिन्छ । समिक्षा अवधिमा ५ बैंकको नाफा मात्रै बढेको छ भने १५ बैंकको नाफा घटेको छ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा धेरै नाफा आर्जन गर्ने सूचीको पहिलो नम्बरमा ग्लोबल आईएमई बैंक रहेको छ । यसअवधिमा बैंकले २ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १८.९१ प्रतिशतले बढी हो । धेरै नाफा आर्जन गर्ने दोस्रो नम्बरमा रहेको नबिल बैंकको २ अर्ब ४६ करोड ६७ लाख रुपैयाँ रहेको छ । उक्त नाफा गत … Continue reading १३ प्रतिशतले घट्यो वाणिज्य बैंकको नाफाः चार महिनामा कमाए साढे १९ अर्ब, कुनको कति ?