यस कारण कुटिएका थिए ज्योति विकास बैंकका कर्मचारी, ऋणीमाथि ज्यादतीको पक्षमा राष्ट्र बैंक !
काठमाडौँ । ज्योति विकास बैंकको लापरबाही र असंवेदनशीलताका कारण बैंकका कर्मचारीमाथि ऋणीहरुले कुटपिट र दुव्र्यवहार गरेको खुलेको छ । लिलाम नै नगरेको जग्गा लिलाम बिक्री गरेको भन्दै समाजिक सञ्जालमा ऋणीको जग्गाको भिडियो पोष्ट गर्दा बैंकका दुई कर्मचारी माथि ऋणीहरुले कुटपिट र कालोमोसो दलेको पाइएको हो । बैंकका एकथरी कर्मचारीले त्रुटी गर्ने, अर्को कर्मचारी कुटिन पुगेका थिए । तर, नेपाल राष्ट्र बैंकले यथार्थ नै नबुझी उल्टै ऋणीमाथि ज्यादतीको पक्षमा प्रहरीलाई दवाव दिएको खुलेको छ । चार जना ऋणीले पशुपालन, माछा, कुखुरा, बाख्रा, हाँस पालन र तरकारी खेती गर्ने उद्देश्यले ‘इन्टिग्रेटेड एग्रो फर्म’ कम्पनी मार्फत २०७८ बैशाखमा ज्योति विकास बैंकबाट चार करोडभन्दा बढी ऋण लिएका थिए । ऋणीहरुले उक्त ऋणको सुरक्षा स्वरूप चार बिगाहा जग्गा धितो राखेका थिए । कम्पनीको व्यवसाय शुरुमै सफल रहँदै थियो र २०८१ चैत मसान्तसम्म ऋणीहरुले बैंकको किस्ता नियमित तिर्दै आएका थिए । तर एकाएक अडिटरको निरीक्षणपछि कम्पनीमा समस्या देखापरेपछि ऋणीहरुले किस्ता समयमै तिर्न सकेनन् । ऋणको किस्ता समयमा नै बुझाउन नसकेपछि उनीहरुले ब्यवसाय गर्दै आइरहेको पशुपालन सम्बन्धी युनिट बिक्री गर्ने निर्णयमा पुगे । ऋण तिर्ने प्रयोजनका लागि उनीहरुले युनिट बिक्री गर्ने लागेको र सो सम्बन्धीमा बैंकले सहयोग गर्नुपर्ने प्रस्ताव लगेर उनीहरु बैंक सामु पुगे । बैंकले समेत उनीहरुले राखेको प्रस्ताव उपयुक्त नै रहेको हुँदा सहयोग गर्ने आश्वासन … Continue reading यस कारण कुटिएका थिए ज्योति विकास बैंकका कर्मचारी, ऋणीमाथि ज्यादतीको पक्षमा राष्ट्र बैंक !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed