सेटिङमा आएको रिलायन्सको आईपीओ: हप्तौसम्म लगानी घाटामा, यी हुन् ‘खतराको घण्टी’
काठमाडौँ । इतिहासकै महँगो आईपीओका रूपमा चर्चामा आएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर निष्कासनले आम सर्वसाधारण लगानीकर्तालाई गम्भीर जोखिममा पार्ने भन्दै बजारमा चर्को आलोचना सुरु भएको छ । लगानीकर्तालाई गुमराहमा राख्दै कम्पनीले आजदेखि उक्त आईपीओ सर्वसाधारणका लागि समेत खुला गरेको हो । विवादै विवादकाबीच कम्पनीले सेटिङमा आईपीओ प्रक्रिया अघि बढाएको छ । सामान्यतया अंकित मूल्य १०० रुपैयाँमा आईपीओ भर्दै आएका नेपाली लगानीकर्ताले रिलायन्स स्पिनिङ मिल्सको हकमा भने प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा तिर्नुपर्ने अवस्था आएको छ । यो मूल्य नेपाली शेयर बजारको इतिहासमै सबैभन्दा महँगो आईपीओमध्ये एक हो । अझ आवेदन भर्दा न्यूनतम ५० कित्ता अनिवार्य गरिएको हुँदा एक जना लगानीकर्ताले कम्तीमा ४१ हजार ४० रुपैयाँ लगानी गर्नुपर्ने बाध्यता छ । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ यसअघि पनि विवादमा परेको थियो । करिब डेढ वर्षअघि संसदको सार्वजनिक लेखा समितिले कम्पनीको आईपीओ निष्कासन प्रक्रियामा भ्रष्टाचार र सेटिङ भएको आशंका गर्दै प्रश्न उठाएपछि निष्कासन रोकिएको थियो । त्यतिबेला समितिले धितोपत्र बोर्डसँग स्पष्ट जवाफ मागेको थियो । तर अहिले संसद नै नभएको अवस्थाको फाइदा उठाउँदै पुनः आईपीओ निष्कासन अघि बढाइएको भन्दै आलोचना भइरहेको छ । निगरानी गर्ने निकाय कमजोर भएको बेला विवादित निर्णय अगाडि बढाइनु स्वाभाविक रूपमा शंकास्पद देखिएको छ । कम्पनीको आईपीओ मूल्य निर्धारण नै लगानीकर्ताका लागि सबैभन्दा ठूलो जोखिमको आधार बनेको छ … Continue reading सेटिङमा आएको रिलायन्सको आईपीओ: हप्तौसम्म लगानी घाटामा, यी हुन् ‘खतराको घण्टी’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed