रवि बालेन सम्झौता अपुरो, कुन विधिबाट होला देशको समृद्धि ?

समाचार टिप्पणी काठमाडौं । मध्यरातिसम्मको घनघोर छलफलपछि आज विहान रास्वपाका सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीच भएको ७ बुँदे सम्झौताले देशको राजनीतिलाई नै तरंगित पारिदिएको छ । आगामी निर्वाचनमा रवि लामिछानेले पार्टी नेतृत्व गर्ने र बालेन शाह संसदीय दलको नेता र प्रधानमन्त्री दुवै बन्ने सम्झौतामा उल्लेख छ । भ्रष्ट र दलालहरुले भरिएको पुराना संसदवादी दलहरु कांग्रेस, एमाले र माओवादीलाई चुनौति दिँदै दुई नेताबीचको सम्झौताले आगामी निर्वाचनमा देशको राजनीतिक संरचनालाई उथलपुथल पार्ने आजको सम्झौताभित्र धेरै कुराहरु अपुरो देखिन आएको छ । आगामी निर्वाचनमा बालुवाटारबाट ज्यान जोगाउन हेलिकोप्टर चढेर भाग्ने पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवासमै राम धुलाई भेटेर बल्लतल्ल ज्यान जोगाएका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाहरुको जमानत जफत गर्ने दिशामा आजको सम्झौताले भूमिका खेल्ने कुरामा दुई मत छैन । दुई नेताका बीचमा बालेनलाई प्रधानमन्त्री बनाएर आगामी दश बर्षभित्रमा देशमा आर्थिक समृद्धि ल्याउने, मध्यमस्तरीय आय भएको देशको रुपमा रुपान्तरण गर्ने उल्लेख छ । बालेन शाहले रास्वपा स्वीकार गर्नु र रवि लामिछानेले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा स्वीकार गर्नु सम्झौताको मुख्य सार हो । उनीहरुले सम्झौता पत्रमा देशलाई आर्थिक समृद्धितर्फ लैजाने उद्घोष त गरेका छन् तर कसरी र कुन विधिमार्फत कुनै स्पष्ट छैन । बालेन शाह काठमाडौंमा मेयर भएको चार वर्ष भइसकेको छ । बालेनले हाल संरचनागत सुधार, छरितो र … Continue reading रवि बालेन सम्झौता अपुरो, कुन विधिबाट होला देशको समृद्धि ?