स्थानीयमाथि ‘स्क्याम’ गरेर बनिरहेको पाथीभरा केबुलकारको भविष्य संकटमा
काठमाडौं । किराँत र हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र ताप्लेजुङको पाथीभरामा जबरजस्ती केबुलकार निर्माण गरिए पनि त्यसको भविष्य चौतर्फी खतरामा छ । राज्यसत्ताको दुरुपयोग तथा सरकारी सुरक्षाकर्मीको घेराबन्दीमा जबरजस्ती निर्माण भइरहेको केबुलकार किराँतहरुको मुक्कुमलुङ र हिन्दहरुको आस्थाको केन्द्रमाथिको प्रहार, शेयर दिलाउने लोभ देखाई स्थानीयमाथि गरिएको स्क्याम, स्थानीयमाथि गराइएको राज्य दमन र अर्धदक्ष निर्माण कम्पनीलाई बनाउन लगाइएको असुरक्षित संरचनालगायत कारणले खतरामा पर्ने देखिएको हो । पाथीभरा देवी मुक्कुमलुङ दर्शन केबलकार कम्पनीले निर्माणको जिम्मा दिएको हिमालय कन्ट्रक्सनको प्रोफाइल कतै दरिएको वा चिनिएको देखिँदैन । निर्माण कम्पनीका मुख्य व्यक्ति इन्द्र केदेम तत्कालीन नेकपा एमालेको सत्ता निकटस्थ भएकै कारण टेण्डर पाएका हुन् । अनुभव नभएपछि जग निर्माणको काम गर्न केदेमले मोटरेबल पुल बनाउने सेवालुङ कन्ट्रक्सनलाई साथ लिनु परेको थियो । २०८१ कार्तिकमा शिलान्यास गरिएको केबुलकार १५ महिनामा तयार हुने भनिएको थियो । तर, अहिलेसम्म ठेकेदार कम्पनी काफ्लेपाटी स्टेशनको काम र ९ वटा पोलको फाउण्डेशन मै अल्झिरहेको छ । गएको भदौमा जेनजी आन्दोलनले ‘नो केबुलकार’ अभियान सेलाएको मौका छोपेर दुई–तीन महिनामा निर्वाध काम गर्न पाएको भन्दै केबुलकार निर्माता, केठेदार र स्थानीय जनप्रतिनिधि मख्ख छन् । तर, मन्दिर छेउमा बन्ने टप स्टेशनको काम गर्न सहज छैन । पहिचानवादीहरु अहिले पार्टी तथा संगठन निर्माणमा लागेका छन् भने स्थानीयहरु माथिल्लो स्टेशन पस्ने मौका कुरिरहेका छन् । अर्कोतर्फ ठेकेदार केदेम … Continue reading स्थानीयमाथि ‘स्क्याम’ गरेर बनिरहेको पाथीभरा केबुलकारको भविष्य संकटमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed