रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँड, १८ हजार ४९५ जनाले पाए शेयर

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले पुस ७ गतेदेखि पुस ११ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँ अर्थात् ५० कित्ताका लागि ४१ हजार ४० रुपैयाँका दरले कुल ९ लाख २४ हजार ७६८ कित्ता आईपीओ बिक्री खुला गरेको थियो। बिक्री अवधिभर ५ लाख ३२ हजार ८८८ जनाले आवेदन दिएकोमा १३ हजार ८४२ जनाको आवेदन रद्द भई ५ लाख १९ हजार ४६ जनाको आवेदन मात्रै स्वीकृत भएको छ। स्वीकृत आवेदकमध्ये १८ हजार ४९५ जनाले ५०/५० कित्ताका दरले र सोहीमध्येका १८ जनाले थप १/१ कित्ता गरी ५१ कित्ता हात पारेका छन् भने बाँकी सबै आवेदकको हात रित्तिएको छ।  बाँडफाँडको नतिजा अनलाइनमा आउन केही समय लाग्नेछ। यी तीन माध्यमबाट हेर्नुहोस् रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ नतिजा