मजदुरमाथि श्रम शोषण गर्दै आइरहेको यशोदा फुड्सद्वारा वर्षदिनमा ७ अर्ब ६८ करोडको व्यापार

काठमाडौँ। मजदुरको श्रमिक हक अधिकारलाई बेवास्ता गर्दै आइरहेको यशोदा फुड्स प्राइभेट लिमिटेडले सन् २०२५ मा साढे ७ अर्बभन्दा बढीको व्यापार गरेको छ। नेपाली बजारमा ‘करेन्ट’ ब्रान्डको चाउचाउ बिक्री वितरण गर्दै आएको कम्पनीले उक्त वर्षमा करिब ७ अर्ब ६८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले गरेको व्यापान सन् २०२४ को तुलनामा भने ३१.०१ प्रतिशत अर्थात् १ अर्ब ८२ करोड रुपैयाँले बढेको हो । कम्पनीले सन् २०२३ मा ४ अर्ब ९५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । व्यापारिक हिसाबले निरन्तर उकालो लाग्दै गएको भएपनि कम्पनीमा कार्यरत श्रमिकहरूका लागि अवस्था भने विपरीत छ। मजदुरहरूले आफूहरूले उचित पारिश्रमिक नपाएको, समयमै तलब नपाएको, कामको समयमा जातीय तथा लैङ्गिक विभेद भएको, महिलामैत्री सुविधा नपाएको र सामान्य दुर्घटना हुँदा उपचार खर्च कम्पनीले बेवास्ता गरेको भन्दै बारम्बार आवाज उठाउँदै आएका छन्। कपिलवस्तुको शिवराज नगरपालिका–६, बीरपुरस्थित चाउचाउ उत्पादन केन्द्रमा काम गर्ने मजदुरहरूले आन्दोलन गरेका भएपनि कम्पनीले उनीहरूको माग बेवास्ता गरेको छ। यशोदा फुड्स प्राइभेट लिमिटेड सन् २०१७ मे ७ मा इन्स्ट्यान्ट चाउचाउ र स्न्याक्स उत्पादन गर्ने उद्देश्यले दर्ता भएको निजी सीमित कम्पनी हो। कम्पनीको उत्पादन केन्द्र रुपन्देही जिल्लाको तिलोत्तमा–१५ मा अवस्थित छ। सन् २०२४ जुलाई १५ मा कम्पनीले आफ्नै पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी यशोदा नुडल्स एन्ड स्न्याक्स प्राइभेट लिमिटेडसँग गाभिने प्रक्रिया सम्पन्न गरेको … Continue reading मजदुरमाथि श्रम शोषण गर्दै आइरहेको यशोदा फुड्सद्वारा वर्षदिनमा ७ अर्ब ६८ करोडको व्यापार