एनएमबि बैंकले लिलाम गरेको करोडौं पर्ने घर विप्लवको कब्जामा, न्यायोचित ढङ्गले छानबिनको माग
काठमाडौँ । बैंकले कानुनी रुपमा नै लिलाम गरेको घरलाई पार्टीले कब्जा गरेको घटना बाहिर आएको छ । एनएमबि बैंक कञ्चनपुरले शुक्लाफाँटा नगरपालिका–१० का अजय विकको लिलाम गरेको घरलाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कब्जामा लिएको हो । शुक्लाफाँटा नगरपालिका–१० का अजय विकले २०७५ सालमा १५ वर्षको कर्जा भुक्तानी अवधि राखी होम लोन शिर्षकमा २९ लाख ५० हजार रुपैयाँ कञ्चनपुरको एनएमबि बैंकको झलारीबजारमा रहेको शाखाबाट ऋण लिएका थिए । ऋण बापत विकले झलारी बजारमा रहेको पाँच धुरमा बनेको दुई करोड मूल्य बराबरको घर धितोमा राखेका थिए । सुरुवातमा उनले नियमित रुपमा कर्जा तिर्दै आइरहेका थिए । केहि समयपछि कोभिड १९ ले आयो । विकले सो पश्चात ऋणको साँवाब्याज तिर्न सकेनन् । उनले ऋण तिर्ने नै नसकेपछि सर्वसाधारणको निक्षेपको सुरक्षा गर्नु बैंकको दायित्व रहेको भन्दै २०८० चैतमा बैंकले उक्त घर नै लिलाम गर्यो । आफ्नो करोडौको घर लिलाम परेपछि विक सडकमा आए । उनले थप समय माग गरेपनि बैंकले करिब लामो समय दिइसकेको हुँदा थप बढाउन सकेन । सो पश्चात धितो लिलाममा जालसाजी र किर्ते गरेको भन्दै विक प्रहरी जाहेरी दिन पुगे । लिलाम घर किन्ने धीरेन्द्र साउद, उनकी श्रीमती तुलसीकुमारी डाँगा र बाटो सिफारिस दिने वडा नम्बर १० का वडासचिव जुनाकुमारी सेराविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिए । … Continue reading एनएमबि बैंकले लिलाम गरेको करोडौं पर्ने घर विप्लवको कब्जामा, न्यायोचित ढङ्गले छानबिनको माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed