नेपाल माइक्रो इन्स्योरेन्समा नक्कली दाबीको बिगबिगी, एक बर्षमा कर्मचारीसहित १० जना प्रकाउ
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीमा कर्मचारीको नक्कली बीमा दाबीको बिगबिगी भएको पाइएको छ। कम्पनीका कर्मचारीको संलग्नतामा नै नक्कली दुर्घटना गराई बीमा दाबी गराएको पाइएपछि यो बर्षमात्रै १० जना प्रकाउ परेका छन् भने ३१ जनाविरुद्ध अदालतमा मुद्दा दायर भईसकेको छ । कम्पनीभित्र यसअघि गत भदौमा मात्रै करिब ६० लाख रुपैयाँ भुक्तानी लिने गिरोह पक्राउ परेको घटनाक्रम रोकिन नपाँउदै पाँच महिनामा अर्को नक्कली बीमा दाबी भएको पाइएको छ। यसअघि वि एण्ड वि अस्पतालको नक्कली कागजपत्र बनाई तेस्रोपक्ष बीमाको दाबी लिने ६ जनालाई प्रहरी कार्यालय तिनकुनेले प्रकाउ गरेको थियो । उक्त घटना भएको पाँच महिनामा नै सोहि बीमा कम्पनीकै कर्मचारीसहित ३१ जनाविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएपछि यस्तो तथ्य खुलेको हो । सोमबार सो कम्पनीका कर्मचारी बिकेश कुँवर, प्रहरी हवल्दार धुव्र शाहीलगायतविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले लिखित किर्ते मुद्दा दायर भईसकेको छ । बीमा दाबीका नाममा ठगी गर्ने सो गिरोहसँग कम्पनी कै कर्मचारीको पनि मिलेमतो रहेको प्रहरीको दाबी छ । ‘ठगी गिरोहले दुर्घटनाको दाबी पेश गरेपछि घटनाबारे बुझन जाने कर्मचारीले कम्पनीलाई झुठ्ठा विवरण दिएर ठगी गर्न सघाएको पाइएको छ । ती कर्मचारीले प्रत्यक्ष निरीक्षण गर्न जाँदा कुनै पनि त्रुटि नभेटिएको विवरण बुझाए पछि कम्पनीलाई शंका लागेको रहेछ,’ प्रहरीले जनाएको छ । यसअघि कर्मचारी प्रति शंका लागेपछि कम्पनीले कानूनी सल्लाहकारलाई घटनाबारे … Continue reading नेपाल माइक्रो इन्स्योरेन्समा नक्कली दाबीको बिगबिगी, एक बर्षमा कर्मचारीसहित १० जना प्रकाउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed