बुढीगण्डकीमा लगानीको बाटो खुल्यो: सरकारले १ खर्ब ५० अर्ब सहुलियत ऋण दिने
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् परियोजनाका लागि सरकारले एक खर्ब ५० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तयारी गरेको छ । आयोजनाको लगानी ढाँचा (मोडालिटी)मा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच सहमति भएसँगै सरकारबाट ठूलो परिमाणमा ऋण प्राप्ति हुने लगभग सुनिश्चित भएको हो । अर्थ मन्त्रालयको सहमतिपछि अब यो मोडालिटी मन्त्रिपरिषद् स्वीकृतिको प्रक्रियामा रहेको छ । प्रस्तावित ढाँचाअनुसार परियोजनामा सरकारको कुल लगानी दुई खर्ब ४८ अर्ब रुपैयाँ रहनेछ । यसमध्ये एक खर्ब ५० अर्ब रुपैयाँ सहुलियत ऋणका रूपमा रहनेछ भने बाँकी रकम पुँजी (इक्विटी) लगानी हुनेछ । सहुलियत ऋणका लागि आवश्यक स्रोत पेट्रोलियम पदार्थमा उठाइँदै आएको पूर्वाधार करबाट व्यवस्थापन गरिनेछ । सरकारले बुढीगण्डकी परियोजनालाई लक्षित गर्दै २०७३ सालदेखि पेट्रोलियम पदार्थमा १० प्रतिशत पूर्वाधार कर संकलन गर्दै आएको छ । अब उक्त करबाट उठ्ने राजस्वको ५० प्रतिशत रकम एक प्रतिशत ब्याजदरको सहुलियत ऋणका रूपमा सिधै परियोजनाको खातामा जाने व्यवस्था मिलाइने भएको हो । सरकारले इक्विटीका रूपमा लगानी गर्ने ९७ अर्ब ४७ करोड रुपैयाँमध्ये हालसम्म आयोजनामा खर्च भइसकेको झन्डै ५० अर्ब रुपैयाँलाई सेयरमा रूपान्तरण गरिनेछ । परियोजनाको कुल लागत अनुमान दुई अर्ब ७७ करोड अमेरिकी डलर, अर्थात् करिब तीन खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ । लगानी संरचना ७० प्रतिशत कर्जा र ३० प्रतिशत स्वपुँजी … Continue reading बुढीगण्डकीमा लगानीको बाटो खुल्यो: सरकारले १ खर्ब ५० अर्ब सहुलियत ऋण दिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed