तीन पटक डोटेलीको जनादेश पाएका आले निस्किए अवसरवादी, प्रदेश राजधानीको मुद्दा छोडेर भागे कैलाली!
काठमाडौँ । डोटेली जनताले तीन–तीन पटक प्रतिनिधि सभामा पठाएका नेता प्रेम आले मगर आसन्न प्रतिनिधि सभा निर्वाचनमा भने कैलालीबाट उम्मेदवारी दिने निश्चित भएपछि डोटीको राजनीतिमा व्यापक चर्चा सुरु भएको छ । पटक–पटक डोटीको जनादेश पाएका आले यसपटक डोटी छाडेर कैलाली–५ रोज्नुले उनको राजनीतिक प्रतिबद्धता, क्षेत्रीय निष्ठा र विगतका प्रतिवद्धतामाथि गम्भीर प्रश्न खडा गरेको हो । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आले कैलाली–५ बाट उम्मेदवार बन्ने पक्का भइसकेको छ । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट चुनावी प्रतिस्पर्धामा उत्रने भएका हुन् । तर, यो निर्णयसँगै डोटीमा भने उनीप्रति असन्तुष्टि र आलोचना चुलिँदै गएको देखिन्छ । तीन पटकसम्म जिताएर संसद पठाएका जनताको क्षेत्र छाडेर अर्को सुरक्षित वा सहज देखिएको निर्वाचन क्षेत्र रोज्नु राजनीतिक अवसरवादको उदाहरण भएको टिप्पणी स्थानीय तहदेखि केन्द्रीय राजनीतिसम्म सुनिन थालेको छ । २०७० सालको संविधानसभा निर्वाचनमा उनी डोटी क्षेत्र नम्बर २ बाट नेकपा एमालेको उम्मेदवार बनेर निर्वाचित भएका थिए । सो निर्वाचनमा उनले १२ हजार ४०० मत ल्याउँदै नेपाली कांग्रेसका उम्मेदवार योगेन्द्र बहादुर शाहीलाई पराजित गरेका थिए । त्यसबेला शाहीले १० हजार ९१४ मत प्राप्त गरेका थिए । यो जितसँगै आले डोटीको राजनीतिक नेतृत्वमा स्थापित भएका थिए । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि आलेले डोटीमै एमालेबाट उम्मेदवारी दिए । सो निर्वाचन अझै प्रतिस्पर्धात्मक थियो … Continue reading तीन पटक डोटेलीको जनादेश पाएका आले निस्किए अवसरवादी, प्रदेश राजधानीको मुद्दा छोडेर भागे कैलाली!
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed