यी तीन तरिकाबाट हेर्नुहोस् विजय लघुवित्तको एफपीओ नतिजा
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको एफपीओ बाँडफाँड गरेको छ। कम्पनीले सर्वसाधारणका लागि कुल ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ बिक्री खुला गरेको थियो। मागभन्दा धेरै आवेदन परेकाले गोला प्रथाबाट एफपीओ बाँडफाँड गरिएको हो। बाँडफाँडमा ४६ हजार ६८१ जनाले १०/१० कित्ताका दरले शेयर हात पारेका छन् भने सोहीमध्येका ७ जनाले थप १र१ कित्ता गरी ११ कित्ता शेयर पाएका छन्। बाँकी सबै आवेदकको हात खाली भएको छ। यी तरिकाबाट हेर्नुहोस् नतिजाः– सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/ बिक्री प्रबन्धकको वेबसाइट:https://www.globalimecapital.com/#home मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login विजय लघुवित्तको एफपीओ बाँडफाँड, ४६ हजार ६८१ जनाले हात पारे शेयर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed