यी तीन तरिकाबाट हेर्नुहोस् विजय लघुवित्तको एफपीओ नतिजा

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको एफपीओ बाँडफाँड गरेको छ। कम्पनीले सर्वसाधारणका लागि कुल ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ बिक्री खुला गरेको थियो। मागभन्दा धेरै आवेदन परेकाले गोला प्रथाबाट एफपीओ बाँडफाँड गरिएको हो। बाँडफाँडमा ४६ हजार ६८१ जनाले १०/१० कित्ताका दरले शेयर हात पारेका छन् भने सोहीमध्येका ७ जनाले थप १र१ कित्ता गरी ११ कित्ता शेयर पाएका छन्। बाँकी सबै आवेदकको हात खाली भएको छ। यी तरिकाबाट हेर्नुहोस् नतिजाः– सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/ बिक्री प्रबन्धकको वेबसाइट:https://www.globalimecapital.com/#home   मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login विजय लघुवित्तको एफपीओ बाँडफाँड, ४६ हजार ६८१ जनाले हात पारे शेयर