सातनाली मोटरेबल पुलको नाममा पटक-पटक धोका, यी नेतृत्वले गर्न सक्लान बाचा पुरा ?

समाचार टिप्पणी डोटीको शिखर नगरपालिका-१० र ११ जोड्ने सातनाली मोटरेबल पुल आज केवल एक अधुरो निर्माण मात्रै नभई स्थानीय नागरिकको पीडा, राजनीतिक नेतृत्वको असफलता र लोकतान्त्रिक प्रक्रिया प्रति राज्यको उदासीनताको प्रत्यक्ष प्रतीक बनेको छ । ११ वर्षदेखि अधुरो यो पुलले स्थानीय नागरिकलाई मात्र होइन राज्य सञ्चालनको नैतिकता, राजनीतिक प्रतिबद्धता र सार्वजनिक जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ । कागजमा योजना, भाषणमा सपना र व्यवहारमा धोका-सातनाली पुल आज यही त्रिकोणको बीचमा अल्झिएको छ । यो पुल नहुँदा दैनिक जीवन कस्तो हुन्छ भन्ने कुरा न त काठमाडौंका एसी कोठामा बस्ने नीति निर्माता बुझ्छन्, न त चुनावको मौसममा मात्रै डोटी झर्ने नेताहरूले महसुस गर्न चाहन्छन् । पुल नहुँदा अस्पताल पुग्न नसकेर बाटोमै सास छुटेका कथाहरू यहाँ तथ्य होइन दिनचर्या जस्तै भएका छन् । डोको र स्ट्रेचरमा बोकेर घण्टौँ हिंड्नुपर्ने बाध्यता अझै पनि मध्ययुगीन अनुभूति दिलाउँछ । आफ्नै गाउँमा उत्पादन भएको अन्न, फलफूल र तरकारी बजारसम्म पु-याउने कुरा त परै जाओस्, आफ्नै छोराछोरीलाई विद्यालय पठाउन पनि जोखिम मोल्नुपर्ने अवस्था छ । यही अवस्थालाई देखेर बसाइँसराइ बढ्दो छ, गाउँ खाली हुँदै छन् तर नेताहरूका भाषण भने झनै भरिँदै छन् । चुनाव नजिकिँदै जाँदा डोटीको माहोल तातेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेता कार्यकर्ता फेरि एकपटक नमस्कार हजुर भन्दै घर–घर पुगिरहेका … Continue reading सातनाली मोटरेबल पुलको नाममा पटक-पटक धोका, यी नेतृत्वले गर्न सक्लान बाचा पुरा ?