भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८३ हजारले पाए शेयर
काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न गरेको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले आज मंगलबार बिहान ९ बजे आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८ लाख ३० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। आईपीओमा कुल २५ लाख ७९ हजार ९२० जनाको आवेदन परेकोमा २५ लाख ३९ हजार ८ सय ९२ जनाको आवेदन मात्र योग्य भएको छ भने बाँकी आवेदन रद्द भएका छन्। माग भन्दा बढी मात्रामा आवेदन परेपछि गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँड गरिएको हो। बाँडफाँडमा ८३ हजार जनाले १०/१० कित्ताका दरले आईपीओ हात पारेका छन् भने बाँकी सबै आवेदकको हात रित्तो भएको छ। यी तीन माध्यमबाट हेर्नुहोस् भुजुङ्ग हाइड्रोपावरको आईपीओ नजिता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed