विवाद नै विवादकाबीच पाल्पा सिमेन्टको आईपीओ, के हो करोडौं कर छलीको काण्ड?
काठमाडौँ । सेटिङ र फर्जी कागजातका भरमा आईपीओ निष्कासनको अनुमति पाएको पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले राजस्व छलि गरेको विषय सहतमा आएको छ । लगानीकर्तालाई गुमराहमा राख्दै तथ्य लुकाएर, भ्रामक विवरण प्रस्तुत गरेर नियामक निकायसँगको सेटिङमार्फत आईपीओ निष्कासनको अनुमति पाएको कम्पनी कराडौं राजस्व छलि गरेको खुलासा भएको होे । कम्पनीले आय विवरण नबुझाउने (नन–फाइलर) फर्महरूसँग कारोबार गरी नक्कली भ्याट बिल प्रयोग गरी २०७७/७८ देखि २०७९/८० सम्म करिब ३० करोड रुपैयाँ राजस्व छलि गरेको पाइएको हो । आयकर ऐन २०५८ अनुसार यस्तो खर्च अडिटमा अस्वीकार हुने र शतप्रतिशत जरिवाना लाग्ने व्यवस्था छ । तर, राज्यका नियामक निकायहरुको आखा छल्दै कम्पनीले गम्भीर अनियमितता गरेको गरेको देखिन्छ । कर छलिको विषयलाई लिएर राजस्व अनुसन्धान विभागको समेत ध्यान तानेको छ । विभागले कम्पनीले कर छलि गरेका तथ्य बारे सुक्ष्म अध्ययन गरी रहेको स्रोतले बताएको छ । कम्पनीका वित्तीय विवरणमा पुराना उधारोको स्पष्ट विवरण नभएको, खराब उधारोको लागि पर्याप्त प्रावधान नराखिएको र कागजी नाफा देखिए पनि वास्तविक नगद प्रवाह कमजोर रहेको पाइएको छ । आईपीओ निष्कासनको लागि सेबोनमा पेश गरिएको कम्पनीका वित्तीय कागजातहरूमा पनि गम्भीर प्रश्न उठेका छन् । कागजातहरूको विश्लेषण गर्दा कर छली, नक्कली कारोबार, वित्तीय विवरणमा हेरफेर र शंकास्पद लगानी व्यवस्थापन जस्ता विषयहरू उजागर भएका हुन् । कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ४६ करोड … Continue reading विवाद नै विवादकाबीच पाल्पा सिमेन्टको आईपीओ, के हो करोडौं कर छलीको काण्ड?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed