माइक्रोफाइनान्सको मुनाफामा चमकः ६ महिनामा कमाए ४ अर्ब ७९ करोड, कुनको कति ?
काठमाडौँ । नियामक निकायको लचिलो नीतिका कारण माइक्रोफाइनान्स कम्पनीको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । आर्थिक मन्दी, कारोबारमा आएको सुस्तता र विभिन्न आन्दोलनको प्रभावलाई छल्दै लघुवित्त क्षेत्र क्रमशः स्थिरतर्फ उन्मुख भइरहेको हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै लघुवित्त वित्तीय संस्थाले धितोमा प्रवाह गर्न पाउने कर्जाको अधिकतम सीमा १५ लाख पु¥याएको हो । यसअघि लघुवित्तले धितोमा ७ लाख रुपैयाँसम्म मात्रै कर्जा दिन पाउने व्यवस्था थियो । जसले लघुवित्तको नाफामा थप बल पुगेको छ । राष्ट्र बैंकले उपलब्ध गराएको पुनर्संरचनाको सुविधाले दबाबमा परेका ऋणीहरूलाई राहत दिँदै किस्ता भुक्तानी सहज बनाएको छ, जसका कारण संस्थाहरूको वित्तीय प्रवाह फेरि सुदृढ बन्दै गएको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको अवधिमा माइक्रोफाइनान्स कम्पनीले ४ अर्ब ७९ करोड २ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गर्ने सफल भएका छन् । लघुवित्तहरुले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१।०८२ को सोहि तुलनामा ८९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा माइक्रोफाइनान्सहरुले २ अर्ब ५३ करोड ३२ लाख रुपैयाँ नाफा कमाएका थिए । यसअवधिमा ४ कम्पनीको मुनाफा मात्रै ऋणात्मक रहेको छ भने ४४ कम्पनी नाफा रहेको वित्तीय विवरणले देखाएको छ । गत आर्थिक वर्षको ६ महिनामा नाफा ऋणात्मक रहेका लघुवित्तहरुले चालु आर्थिक वर्षको सोहि अवधिमा उल्लेख्य नाफा कमाउन … Continue reading माइक्रोफाइनान्सको मुनाफामा चमकः ६ महिनामा कमाए ४ अर्ब ७९ करोड, कुनको कति ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed