होटल फरेष्ट इनको आईपीओ सर्वसाधारणमा बाँडफाँड
काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले माघ २२ देखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३३ लाख २० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। बिक्री अवधिभर २३ लाख ७१ हजार ३१५ जना आवेदकले २ करोड ५७ लाख ४५ हजार ७०० कित्ताका लागि रीतपूर्वक आवेदन दिएका थिए। मागभन्दा बढी मात्रामा आवेदन परेकाले गोला प्रथाबाट आईपीओ बाँडफाँड गरिएको हो। बाँडफाँडमा ३ लाख ३२ हजार आवेदकले १०/१० कित्ताका दरले आईपीओ हात पारेका छन् भने बाँकी सबै आवेदकको हात रित्तिएको छ। यसरी हेर्नुहोस् होटल फरेष्ट इनको आईपीओ नतिजा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed