यसरी हेर्नुहोस् होटल फरेष्ट इनको आईपीओ नतिजा
काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कुल ३२ लाख २० हजार कित्ता आईपीओ बिक्री खुला गरेकोमा रीतपूर्वक आवेदन दिएकामध्ये ३ लाख ३२ हजार आवेदकले १०/१० कित्ताका दरले आईपीओ पाएका छन् भने बाँकी २० लाखभन्दा बढी आवेदकको हात रित्तिएको छ। आईपीओको नतिजा अनलाइनमा सार्वजनिक हुन केही समय लाग्ने बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले जानकारी दिएको छ। अनलाइनमा सार्वजनिक भएपछि यी माध्यमबाट नतिजा हेर्न सकिनेछ। सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/ बिक्री प्रबन्धकको वेबसाइट:https://www.nicasiacapital.com/ipo-result मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login होटल फरेष्ट इनको आईपीओ सर्वसाधारणमा बाँडफाँड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed