काठमाडौँमा वृद्धलाई सडकमै कुटपिट गरेको भिडिओ भाइरल
काठमाडौँ । काठमाडौंको महाराजगञ्ज क्षेत्रमा एक वृद्ध पैदलयात्रीलाई सडकमै कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। मंगलबारदेखि फेसबुक, टिकटक र एक्स लगायतका प्लेटफर्ममा यो भिडिओ व्यापक रूपमा सेयर भइरहेको छ। भिडिओमा हरियो रङ्गको गाडी (बा ३ च ११०३) बाट एक अधवैँशे पुरुष ओर्लिएर सडकमा रहेका वृद्ध पुरुषलाई अभद्र शब्दहरू प्रयोग गर्दै मुक्का हानिरहेको देखिन्छ। केही बेरपछि गाडीबाट महिलापनि ओर्लिन्छिन् र उनी वृद्धलाई औँला ठड्याउँदै ‘धेरै नबोल्’ भन्ने स्वरमा हप्काइन्। भिडिओमा देखिएकाअनुसार वृद्ध पुरुष असहाय अवस्थामा छन् र प्रतिकार गर्न सक्दैनन्। भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भैरहेको छ। धेरै प्रयोगकर्ताले नेपाल प्रहरीलाई मेन्सन गर्दै दुर्व्यवहार गर्ने जोडीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्। उक्त भिडियो प्राप्त भइसकेकाले कुट्ने व्यक्तिको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । कारबाहीको दायरामा छिटै आउने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिएका छन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed