सुधारिँदै हाइड्रोको वित्तीय अवस्थाः मुनाफा शतप्रतिशतले बढ्यो, ९३ मध्ये कुनको कति ? (तथ्यांकसहित)
काठमाडौँ । हाइड्रो कम्पनीहरुको मुनाफा आकर्षक सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश कम्पनीको नाफामा उछाल देखिएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा नाफा ऋणात्मक रहेका हाइड्रोले समेत उलेख्य नाफा कमाउन सफल भएका हुन् । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत मध्ये ९३ कम्पनीले ६ अर्ब ९१ करोड ७५ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । उक्त नाफा गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा १०१.५७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ६ महिनामा हाइड्रो कम्पनीहरुले ३ अर्ब ४१ करोड ४८ लाख ५७ हजार रुपैयाँ नाफा कमाएका थिए । गत आर्थिक वर्षको पुष मसान्तसम्ममा २७ कम्पनीको मुनाफा ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा १७ कम्पनी मात्रै ऋणात्मक देखिएको छ । सर्वाधिक नाफा आर्जन गर्ने सूचीको पहिलो नम्बरमा अपर तामाकोशी रहेको छ । ६ महिनामा कम्पनीले ९९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत आर्थिक वर्षको सोहि अवधिमा ८२ करोड ११ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । त्यस्तै, धेरै नाफा कमाउने दोस्रो नम्बरमा रहेको साहस उर्जाको मुनाफा २७.४६ प्रतिशतले बढेर ९० करोड ४८ लाख रुपैयाँ, माउन्टेन इनर्जीको ५.७४ प्रतिशतले बढेर ५४ करोड १४ लाख, ग्रीन भेन्चर्सको २४.७४ प्रतिशतले बढेर ४६ करोड … Continue reading सुधारिँदै हाइड्रोको वित्तीय अवस्थाः मुनाफा शतप्रतिशतले बढ्यो, ९३ मध्ये कुनको कति ? (तथ्यांकसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed