सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँड, १ लाख २८ हजारले पाए शेयर
काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ५ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज बिहान साढे ८ बजे बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ३१ लाख कित्ता आईपीओ निष्काशनको अनुमति पाएकोमा १५ लाख ५० हजार कित्ता आयोजना प्रभावितका लागि र १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा बाँडफाँड गरिसकेको छ। त्यसैगरी ७७ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि र ३१ हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको १२ लाख ८६ हजार ५०० कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। आईपीओमा २५ लाख ८० हजार ४७० जना योग्य आवेदकले २ करोड ७७ लाख ३ हजार ८८० कित्ता शेयर माग गर्दै आवेदन दिएका थिए। बिक्री अवधिभर आईपीओमा मागभन्दा २१.५३ गुणा बढी आवेदन परेकोले गोलाप्रथाद्वारा आईपीओ बाँडफाँड गरिएको हो। ३९ हजार ८७१ जनाको आवेदन भने रद्द भएको छ। बाँडफाँमा १ लाख २८ हजार ६५० जनाले १०/१० कित्ताका दरले आईपीओ हात पारेका छन् भने २४ लाखभन्दा बढी आवेदकको हात रित्तिएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आईपीओ बाँडफाँड गरेको हो। बाँडफाँको नतिजा केही बेरमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ। यी वेबसाईटबाट हेर्नुहोस् सुपर खुदी हाइड्रोपावरको आईपीओ रिजल्ट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed