७ महिनामा वाणिज्य बैंकको नाफा ३८ अर्ब: कुमारी र सिद्धार्थको सर्वाधिक वृद्धि, एभरेष्टलाई पछ्याउँदै प्राइम

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को ७ महिनामा वाणिज्य बैंकले ३८ अर्बभन्दा बढी मुनाफा आर्जन गर्ने सफल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्याङ्क अनुसार २० वाणिज्य बैंकहरुले ३८ अर्ब १ करोड ६६ लाख ८० हजार रुपैयाँ नाफा कमाएका हुन् । बैंकहरुले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा ५.४० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ७ महिनामा वाणिज्य बैंकहरुले ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । चालु आर्थिक वर्षको तथ्याङलाई हेर्दा १० बैंकहरु बढेको छ भने १० बैंकको नाफा घटेको छ । आन्दोलन र राजनीतिक अस्थिरताका बीच समेत बैंकहरुको नाफा सन्तोषजनक नै रहेको देखिएको हो । यसअवधिमा सर्वाधिक नाफा आर्जन गर्नेमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले पछिल्लो ७ महिनामा नाफा ३४.२१ प्रतिशतले बढाएर ५ अर्ब ३८ करोड ३१ लाख रुपैयाँ पुराएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ४ अर्ब १ करोड रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा नाफामा दोस्रो नम्बरमा रहेको ग्लोबल आईएमई बैंकको नाफा ६.६२ प्रतिशतले बढेर ४ अर्ब १४ करोड रुपैयाँ रहेको छ । समिक्षा अवधिमा सर्वाधिक नाफा वृद्धि गर्नेमा भने कुमारी बैंक र सिद्धार्थ बैंक सबैभन्दा अगाडी देखिएका … Continue reading ७ महिनामा वाणिज्य बैंकको नाफा ३८ अर्ब: कुमारी र सिद्धार्थको सर्वाधिक वृद्धि, एभरेष्टलाई पछ्याउँदै प्राइम