शेयर बजारमा उत्साहजनक कारोबार, कसको कति ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उत्साहजनक कारोबार भएको छ । आज नेप्से परिसूचक ५४.५१ अंकले बढेर २९३१.५५ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३६४ वटा कम्पनीहरुको ६ करोड १४ लाख सात हजार कित्ता शेयर खरिद–बिक्री भएर २३ अर्ब ५९ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जसमा कुमारी बैंकको ८५ करोड ९६ लाख रुपैयाँले सर्वाधिक शेयर कारोबार भएको छ । त्यस्तै, नेशनल हाइड्रोपावरको ७७ करोड ८७ लाख रुपैयाँ, शिवम् सिमेन्टको ७५ करोड २६ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ७२ करोड ९८ लाख रुपैयाँ र हिमाल दोलखा हाइड्रोपावरको ७१ करोड चार लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।