पदभार ग्रहण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरे तीन निर्णय
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । उनले पदभार ग्रहण गर्दै मुख्य तीन निर्णय गरेका हुन् । उनले शिक्षा, स्वास्थ्य जस्ता कुरा मध्यम वर्गमा लैजाने आफ्नो प्रमुख दायित्व रहेको समेत बताए । अर्थतन्त्र सुधारका लागि नागरिकलाई रोजगारीको सुनिश्चितता गर्ने काम अहिलेको सरकारले गर्ने विश्वास उनले दिलाए । गुणस्तरीय पुर्वाधार विकासमा समेत आफ्नो प्राथमिकतामा रहेको वाग्लेले जानकारी दिए । यी हुन् तीन निर्णय १. ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने । २. उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस भएको राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने। ३. निजी उद्यम व्यवसाय सुरक्षा एवं प्रवर्द्धन र ठुला विकास आयोजना सहजीकरण लगायत नयाँ विधेयक वा तिनको संशोधनको प्राथमिकीकरण तय गर्दै वृहत आर्थिक-कानूनी सुधारको मार्गचित्र बनाउने ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed