रिडी पावर र शिवम् सिमेन्टमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ४७.७१ अंकले घटेर २८३१.३९ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३४१ वटा कम्पनीहरुको तीन करोड १५ लाख ४९ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ १२ अर्ब ९४ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । जसमा यसदिन रिडी पावर कम्पनीको ६८ करोड १३ लाख ३३ हजार रुपैयाँको सर्वाधिक कारोबार भएको छ । साथै शिवम् सिमेन्टको ४३ करोड ६९ लाख ३७ हजार रुपैयाँ, ङादी ग्रुप पावरको ४३ करोड ३५ लाख रुपैयाँ, अपि पावर कम्पनीको ३७ करोड ७५ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed