शेयर बजारमा भारी अंकको गिरावट आँउदा हिमालयन रिमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको चौथौ दिन नेप्सेमा गिरावट आएको छ । नयाँ सरकारले शेयर बजारलाई कुन गति दिने भन्ने सन्दर्भमा पर्ख र हेरको अवस्थामा रहेको शेयर बजार अन्यौलताको बीचमा भारी अंकको गिरावट आएको छ। पछिल्लो समय सर्वाधिक विवादित बनेको हिमालयन रिमा लगानीकर्ताहरु झुम्मिएका छन् । डेढ महिना अघि १ हजार माथिको आसपासमा कारोबार भईरहेको नेपाल रि विवादित बनेसँगै कम्पनीको शेयर मूल्यमा निरन्तर गिरावट आईरहेको छ। त्यस्तै, अपी पावर, नाग्दी पावर, शिवम सिमेन्टस, नेपाल पुनर्बीमा, कुमारी बैंक, आँखु खोला, रिदि पावर, एनआरएन इन्फ्रास्टक्चर र नेशनल हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ।