पुँजी बजारमा १०५ अकंको पहिरोः लगानी डुब्दा छटपटीमा लगानीकर्ता, अर्थमन्त्री वाग्लेबाट धोका !

काठमाडौँ । पुँजी बजारमा भारी पहिरो गएको छ । राजनीति अस्थिरताकाबीच देशले बहुमतको सरकार पाएको खुसी भएपनि शेयर बजारका लागि उक्त सरकार अभिषाप भइरहेको हो । बालेन शाह नेतृत्वको नयाँ सरकार सत्ताको बागडोर सम्हालेको लगानीकर्ताका लागि चुनौतीपूर्ण बनेका छन् । नयाँ अर्थमन्त्री स्वर्णिम वाग्लेले कार्यभार सम्हाले देखि नै बजारमा सकारात्मक प्रभाव देखिएको छैन । वाग्ले जस्ता विज्ञ अर्थशास्त्री र अनुभवी व्यक्तिलाई स्वागत गर्ने अपेक्षा राखिएको भए पनि उनको पदभार ग्रहण पछि शेयर बजारमा स्पष्ट प्रतिक्रिया नआएकोले लगानीकर्तामा निराशा बढेको विश्लेषकहरूले बताएका छन् । पुँजी बजारलाई स्थिर बनाउने दृष्टिकोणमा सरकारले अझै स्पष्ट र ठोस प्रतिबद्धता देखाउन सकेको छैन । सरकारको १०० दिने कार्यसूचीमा पनि पुँजी बजारसम्बन्धी नीति समावेश नभएकाले लगानीकर्ताले पर्ख र हेरको अवस्थामा रहनु परेको छ । लगानीकर्ताले अर्थमन्त्रिबाट ठुलो आश गरेका थिए । तर, अहिलेसम्म अर्थमन्त्री वाग्लेले शेयर बजारका लागि कुनै सकारात्मक प्रत्तिक्रिया समेत दिन नसकेको लगानीकर्ताको आक्रोस रहेको छ । लगानीकर्तालाई अर्थमन्त्रीले धोका दिएको अनुभव उनीहरुले गरेका छन् । बजारमा मुख्य असर हालको सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाबाट परेको छ । अवैध लगानी नियन्त्रणका लागि लागू भएका नयाँ नीतिहरूले बजारमा दबाब सिर्जना गरेका छन् । बैंक खाताबाट हुने कारोबारको निगरानी, अवैध लगानी रोकथाम र कानुनी कारबाहीको संकेतले केही ठूला लगानीकर्तालाई सतर्क बनाएको छ । यसै क्रममा ब्यवसायी धमाधम पक्राउ … Continue reading पुँजी बजारमा १०५ अकंको पहिरोः लगानी डुब्दा छटपटीमा लगानीकर्ता, अर्थमन्त्री वाग्लेबाट धोका !