हिमालयन रि इन्स्योरेन्सको शेयर कारोबार उच्च, अन्य कुनको कति ?

काठमाडौं । नयाँ सरकारप्रति अपेक्षा बोकेका लगानीकर्ताहरुलाई सरकारले निराशामा परिणत गराएको छ। निरन्तर बजार ओरालो लाग्ने क्रम बढेसागै लगानीकर्ताहरुले सरकारलाई ध्यानाकर्षण गराउन थालेका छन् । लाखौं लगानीकर्ताको लगानी रहेको शेयर बजारमा सरकारको चासो नरहेको उनीहरुको गुनासो रहेको छ । हिमालयन रि इन्स्योरेन्सको काण्डले बजार तताएपछि शेयर मूल्यमा निरन्तर ह्रास आईरहेको छ। ५२ हप्तामा ११ सय माथि गएको हिमालयन रि को शेयर पछिल्लो समय निरन्तर घट्दै ७०४ रुपैयाँ ७० पैसा पुगेको छ । कम्पनीको शेयरबाट हात झिक्ने लगानीकर्ताहरुको पनि ओईरो नै लागेको छ । त्यस्तै, शिवम सिमेन्टस, नाग्दी पावर, नेशनल हाईड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर, अपी पावर, कुमारी बैंक, रिदि पावर, एसवाई प्यानल र आँखु खोलाको सर्वाधिक कारोबार भएको छ।