समाचार टिप्पणी काठमाडौँ । नेपालको पुँजी बजार यतिबेला निरन्तर ओरालो यात्रामा छ । बजारमा देखिएको गिरावट केवल अंकको उतारचढाव मात्र नभई लगानीकर्ताको मनोविज्ञान र विश्वासको प्रत्यक्ष प्रतिविम्ब बनेको छ । बजारमा ‘राताम्य’ अवस्था लम्बिँदै जाँदा लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ । बजारको अनिश्चित यात्राले लगानीकर्तामा परि रहेको मनोवैज्ञानिक दबाबले बिक्रीतर्फ झुकाव बढाउँदै लगेको छ । जसले बजारमा थप गिरावट आइरहेको हो । नयाँ सरकार गठनसँगै बजारले एक किसिमको सकारात्मक संकेत खोजेको थियो । विशेषगरी अर्थ मन्त्रालयको नेतृत्वमा स्वर्णिम वाग्ले जस्ता विज्ञ र अनुभवी अर्थशास्त्री आएका कारण लगानीकर्ताले अपेक्षा गरेका थिए । तर वास्तविकता अपेक्षाभन्दा फरक देखिएको छ । वाग्लेले कार्यभार सम्हालेको एक साताभन्दा बढी बितिसक्दा पनि बजारमा कुनै ठोस सकारात्मक सन्देश प्रवाह हुन सकेको छैन । यसले लगानीकर्तामा निराशा मात्र होइन सरकारप्रति विश्वासको खाडल पनि बढाइरहेको छ । पुँजी बजार केवल आर्थिक सूचक मात्र नभई समग्र अर्थतन्त्रको विश्वासको आधार हो । यहाँ देखिएको अस्थिरता अर्थतन्त्रको अन्य क्षेत्रमा पनि मनोवैज्ञानिक प्रभाव पार्ने क्षमता राख्छ । तर, सरकारको १०० दिने कार्यसूचीमा समेत पुँजी बजारसम्बन्धी कुनै ठोस योजना नसमेटिनु गम्भीर प्रश्नको विषय बनेको छ । जब नीति निर्माण तहले कुनै क्षेत्रलाई प्राथमिकतामा राख्दैन त्यो क्षेत्रका सहभागीहरू स्वाभाविक रूपमा ‘पर्ख र हेर’ को अवस्थामा जान बाध्य हुन्छन् । अहिले बजारमा देखिएको यही अनिश्चितता … Continue reading पुँजी बजारका लगानीकर्ताको अर्बौं रकम डुब्दा समेत अर्थमन्त्री डा. वाग्ले मौन, बजारको जिम्मा कसले लिने ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed