ईसेवालगायत वालेट ठगी भयावह: ९ महिनामा २४ करोड गायब, प्रहरी मैदानमा हुँदा कहाँ चुक्यो राष्ट्र बैंक ?
काठमाडौँ । एक क्लिकमै पैसा पठाउने सुविधा दिने डिजिटल वालेटहरू अहिले सर्वसाधारणका लागि सुविधा भन्दा बढी जोखिम बन्दै देखिएको छ । केही वर्षअघिसम्म आधुनिक भुक्तानी प्रणालीको रूपमा हेरिएका ईसेवा, खल्ती र फोनपे जस्ता प्लेटफर्महरू अहिले ठगीको प्रमुख माध्यमका रूपमा स्थापित हुँदै गएको तथ्याङ्कले देखाएको हो । प्रविधिको तीव्र विस्तारसँगै सुरक्षा संयन्त्र कमजोर रहँदा सर्वसाधारणको अर्बौँ रुपैयाँ जोखिममा पर्ने गरेको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को ९ महिनामा नै वालेट मार्फत सर्वसाधारणको झण्डै २४ करोडौं रुपैयाँ ठगी भइरहेको छ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ अनुसार चालु आवको चैत मसान्तसम्मको अवधिमा ईसेवा, खल्ती, फोनपेलगायतका वालेट मार्फत सर्वसाधारणको २३ करोड ९७ लाख २० हजार ५७५ रुपैयाँ गायब भएको हो । उक्त ठगी रकम गत आर्थिक वर्ष २०८१।०८२ को तुलनामा करिब ३१ गुणाले बढी हो । गत आर्थिक वर्षभरी वालेट मार्फत ७७ लाख ९२ हजार ९५५ रुपैयाँ ठगी भएको थियो । अहिलेको तथ्याङ हेर्दा ईसेवा, खल्ती, फोनपेलगायतका वालेट मार्फत हुने ठगी निकै डरलाग्दो रुपमा अघि बढी रहेको देखिएको छ । पछिल्लो ५ वर्षको तथ्याङलाई मात्रै हेर्ने हो भने वालेट मार्फत हुने ठगी निकै भयानक हुँदै गएको देखिन्छ । डिजिटल वालेट प्रयोगकर्ताको संख्या बढ्दै जाँदा साइबर अपराधीहरूको ध्यान पनि यही क्षेत्रमा केन्द्रित भएको छ । सामान्य प्रयोगकर्ताहरूलाई लक्षित गर्दै फिसिङ लिंक, नक्कली अफर, … Continue reading ईसेवालगायत वालेट ठगी भयावह: ९ महिनामा २४ करोड गायब, प्रहरी मैदानमा हुँदा कहाँ चुक्यो राष्ट्र बैंक ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed