लघुवित्तहरूको नाफा ४३ प्रतिशत वृद्धि, १० कम्पनीको घट्दा ४० को बढ्यो (तथ्यांक सहित)

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म अधिकांश लघुवित्त वित्तीय संस्थाहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ। सूचीकृत ५० वटै लघुवित्त कम्पनीहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समग्र क्षेत्रको खुद नाफा गत वर्षको तुलनामा ४३.१६ प्रतिशतले बढेर ७ अर्ब २४ करोड ४८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो नाफा ५ अर्ब ६ करोड ७ लाख रुपैयाँ रहेको थियो। सार्वजनिक विवरणअनुसार सबैभन्दा बढी नाफा कमाउनेमा छिमेक लघुवित्त रहेको छ। कम्पनीले ९० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। त्यसपछि डिप्रोक्स लघुवित्तले ६८ करोड १ लाख रुपैयाँ, जीवन विकास लघुवित्तले ६२ करोड ६९ लाख रुपैयाँ, नेशनल लघुवित्तले ५८ करोड ८६ लाख रुपैयाँ तथा साना किसान विकास लघुवित्तले ४८ करोड ३२ लाख रुपैयाँ नाफा कमाएका छन्। त्यस्तै स्वाबलम्बन लघुवित्तले ३२ करोड २७ लाख रुपैयाँ, ग्रामीण विकास लघुवित्तले ३० करोड १५ लाख रुपैयाँ, ग्लोबल आईएमई लघुवित्तले २१ करोड ९५ लाख रुपैयाँ, स्वरोजगार लघुवित्तले २१ करोड २ लाख रुपैयाँ र सूर्योदय वोमी लघुवित्तले १८ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। आशा लघुवित्तले १७ करोड ६२ लाख रुपैयाँ, फर्वार्ड माइक्रोफाइनान्सले १६ करोड २८ लाख रुपैयाँ, निर्धन उत्थान लघुवित्तले १५ करोड ५० लाख रुपैयाँ, मेरो माइक्रोफाइनान्सले १४ करोड ८५ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तले १४ करोड २२ लाख रुपैयाँ तथा … Continue reading लघुवित्तहरूको नाफा ४३ प्रतिशत वृद्धि, १० कम्पनीको घट्दा ४० को बढ्यो (तथ्यांक सहित)