ग्लोबल आइएमई बैंकका सीईओसहित चार उच्च अधिकारीलाई देखाउँदै ब्रान्च म्यानेजरले गरे आत्महत्या
काठमाडौँ । ग्लोबल आइएमई बैंकका एक ब्रान्च म्यानेजरले सामाजिक सञ्जालमा बैंकको उच्च व्यवस्थापनलाई लक्षित गर्दै आत्महत्या गरेका छन् । बैंकका ब्रान्च म्यानेजर पिताम्बर खड्काले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीलगायतका अधिकारीको फोटो फेसबुकमा पोष्ट गर्दै आत्महत्या गरेका हुन् । खड्काले जेठ ४ गते फेसबुकमा ‘यु बास्टर्ड किल्ड मी’ लेखेर सीईओ रेग्मीसहित डेपुटी प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, असिस्टेन्ट प्रमुख कार्यकारी अधिकृत दिप चन्द्र रेग्मी तथा प्रमुख मानव संसाधन अधिकृत अनामिका सिंहको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । उक्त पोस्ट सार्वजनिक भएको केही समयमै उनी दमकस्थित आफ्नै निवासमा मृत अवस्थामा फेला परेका थिए। घटनापछि मृतकको शव पोस्टमार्टमका लागि दमक अस्पतालमा राखिएको छ। प्रारम्भिक प्रक्रियाअनुसार आवश्यक कानुनी तथा फरेन्सिक परीक्षणपछि मात्र थप विवरण सार्वजनिक हुने जनाइएको छ। परिवार पक्षले भने घटनालाई आत्महत्या दुरुत्साहनसँग जोड्दै बैंकको उच्च व्यवस्थापन टोलीले निरन्तर रूपमा कामको दबाब दिने, मानसिक तनाव सिर्जना गर्ने र कार्यस्थलमा असहज वातावरण बनाउने जस्ता गतिविधिका कारण पिताम्बर खड्काले आत्महत्या गर्न बाध्य भएको दाबी गरेको छ। सोही आधारमा परिवारले चारै जना उच्च अधिकारीविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी किटानी जाहेरी दर्ता गर्ने तयारी गरेको जनाएको छ। घटनाबारे प्रारम्भिक जानकारी प्राप्त भइसकेको छ र परिवारबाट औपचारिक जाहेरी प्राप्त भएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरी स्रोतले जानकारी दिएको छ । जाहेरी दर्ता भएलगत्तै अनुसन्धान अघि बढ्ने … Continue reading ग्लोबल आइएमई बैंकका सीईओसहित चार उच्च अधिकारीलाई देखाउँदै ब्रान्च म्यानेजरले गरे आत्महत्या
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed