शिखर नगरपालिकाले एक वर्षमा अतिथि सत्कारमा मात्रै खर्चियो २७ लाख
काठमाडौँ । डोटीको शिखर नगरपालिकाले एक वर्षको अवधिमा अतिथि सत्कारमा मात्रै ठूलो रकम खर्च गरेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले नगरपालिकाले विकास निर्माण, सेवा प्रवाह र जनमुखी कार्यक्रमभन्दा प्रशासनिक तथा स्वागत सत्कारजन्य शीर्षकमा उल्लेखनीय रकम खर्च गरेको देखाएको हो । प्रतिवेदनअनुसार नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा अतिथि सत्कार शीर्षकमा मात्रै २७ लाख १४ हजार ९३८ रुपैयाँ खर्च गरेको छ । यो रकम नगरपालिकाले सोही अवधिमा संकलन गरेको कुल आन्तरिक आय ७८ लाख ३५ हजार ३३० रुपैयाँको ३४.६५ प्रतिशत बराबर हो । स्थानीय तहको सीमित आन्तरिक स्रोतको ठूलो हिस्सा अतिथि सत्कारमा खर्च गरिएको तथ्य बाहिरिपछि सार्वजनिक स्रोतको उपयोगको प्रभावकारिता र औचित्यमाथि महालेखाले प्रश्न उठाएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सार्वजनिक खर्च गर्दा नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यलाई आधार बनाउनुपर्ने स्पष्ट व्यवस्था गरेको छ । प्रमुख प्रशासकीय अधिकृतले बजेट कार्यान्वयन गर्दा यिनै सिद्धान्तलाई अनुसरण गर्नुपर्ने कानुनी व्यवस्था रहेको हुँदा पालिकाले आन्तरिक आयको अवस्थालाई समेत विचार गरी खर्च व्यवस्थापन गर्नुपर्ने महालेखाले जोड दिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले भने उक्त खर्चलाई स्वाभाविक र आवश्यक खर्चका रूपमा व्याख्या गरेका छन् । उनले भने, ‘विभिन्न सरकारी निकाय, प्रदेश तथा संघीय सरकारका प्रतिनिधि, अनुगमन टोली, विकास साझेदार तथा अन्य पालिकाका प्रतिनिधिहरूको नियमित आगमन हुने … Continue reading शिखर नगरपालिकाले एक वर्षमा अतिथि सत्कारमा मात्रै खर्चियो २७ लाख
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed