अनुमति नै नलिई विश्वकप खेलमा अर्बौ रुपैयाँ उठाइदै, उपभोक्तामाथि अपराध भयोः महर्जन
काठमाडौं । विश्वकै प्रतिष्ठित विश्वकप फुटबल भोलिबाट सुरु हुँदैछ । अमेरिका र मेक्सिकोमा सुरु हुने फुटबल खेलको प्रत्यक्ष प्रशारण सम्बन्धी दृष्य बिचौलियाहरुले सेटिङ मिलाएर अर्बौ रुपैयाँ कुम्ल्याउने योजना बनाइएको तथ्य खुलेको छ । नेपालमा विश्वकप हेर्न प्रति व्यक्ति नौ सय ९९ (झण्डै एक हजार) रुपैयाँ तिर्नुपर्ने अन्यथा हेर्न नपाउने गरी सेटिङ मिलाइएको छ । जसबाट लाखौं मानिसहरु विश्वकप हेर्नबाट बञ्चित हुनेछन् । नेपाल सरकारले भने विश्वकपको नाममा थप शुल्क लिन कुनै पनि टेलिभिजन सेवा प्रदायकले अनुमति नदिएको दावी गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयका प्रबक्ता सह सचिव उदय बहादुर राना मगरले विश्वकप खेल प्रशारण गर्न थप अतिरिक्त शुल्क लिने बिषयमा मन्त्रालयबाट कसैले पनि अनुमति नदिएको पुष्टी गर्दै भने, ‘हामीसँग अनुमति लिएको अवस्था छैन, पैसा उठाएको बिषय के रहेछ बुझ्छौं ।’ विश्वकप खेलको प्रत्यक्ष प्रशारण टिभीको प्याकेजभित्र नआउने बरु अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । बार्षिक प्याकेज लिएर नियमित टेलिभिजन हेरिरहेकाहरुले विश्वकप फुटबल हेर्न पाउने छैनन् । विश्वकप फुटबल हेर्नको लागि अतिरिक्त नौ सय ९९ रुपैयाँ शुल्क हरेक उपभोक्ताले तिर्नुपर्दछ । रोचक कुरा चाही के छ भने फुटबल खेलको प्रत्यक्ष प्रशारणमा विज्ञापन पनि बजाउनेछन् भने दर्शकसँग शुल्क पनि उठाउने छन् । माफिया र बिचौलियाको सेटिङमा हिमालयन स्पोट्र्सले लिएको राईट्सलाई नेपालमा सेवा प्रदायकहरुले कमाउने धन्दाको रुपमा विकास गरेका छन् । … Continue reading अनुमति नै नलिई विश्वकप खेलमा अर्बौ रुपैयाँ उठाइदै, उपभोक्तामाथि अपराध भयोः महर्जन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed