अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भारी गिरावट, नेपाली उपभोक्तामाथि लुटधन्दा चलाउँदै आयल निगम

काठमाडौँ । आम सर्वसाधारणको आँखामा छारो हाल्दै नेपाल आयल निगमले लुटधन्दा मच्चाइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आउँदा समेत नेपाल बजारमा महँगो दरमै इन्धन बिक्री भइरहेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो पटक उच्चतम विन्दुबाट करिब ३० प्रतिशतले घटिसक्दा पनि नेपाली उपभोक्ताले त्यसको प्रत्यक्ष लाभ पाउन सकेका छैनन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्चतम बिन्दु ११७.६३ प्रति ब्यारेलबाट घटेर ६९.२१ मा आइपुग्दा करिब ३० प्रतिशतले भारी गिरावट आइसकेको देखिन्छ । तर, घुस, भ्रष्टाचारको दलदलमा फसेको आयल निगम भने नेपाली उपभोक्ताहरुलाई महङ्गो मूल्यमा तेल बिक्री गर्दै आइरहेको छ । नियमित १५/१५ दिनमा आउने नयाँ मूल्यसूची अनुसार स्वचालित मूल्य प्रणाली लागू गरी मूल्य बढाउने र घटाउने दुवै काम सहज रूपमा गर्नुपर्ने नियम रहेको छ । तर, मूल्य बढ्ने बेलामा तुरुन्तै लागू हुने, घट्ने बेलामा लागू नगर्ने आयल निगमको चरम लापबारहीले सर्वसाधारणलाई भार थपि रहेको हो । जसले निगमभित्रको सुशासनको अभाव, चरम व्यवस्थापकीय कमजोरी र पारदर्शिताको कमीलाई छर्लङ्ग पारेको छ । निगमको सञ्चालक समितिको अध्यक्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत रहेका छन् । निगमको निर्णय प्रक्रियामा नेतृत्व तहको महत्वपूर्ण भूमिका रहने भए पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दासमेत नेपाली बजारमा त्यसअनुसारको राहत नआएको भन्दै नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठी रहेका छन् । वास्तवमा कच्चा तेल … Continue reading अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भारी गिरावट, नेपाली उपभोक्तामाथि लुटधन्दा चलाउँदै आयल निगम