के आई सिंह गाउँपालिकामा एक वर्षमै भ्रमणमा साढे २० लाख खर्च, खाजा-खानामा २६ लाख स्वाहा
काठमाडौँ । डोटीको के आई सिंह गाउँपालिकाले एक वर्षको अवधिमा खाजा–खानामा २६ लाख र भ्रमणमा साढे २० लाख रुपैयाँ खर्च गरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन अनुसारले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा भ्रमण शीर्षकमा कुल २० लाख ४९ हजार ४९९ रुपैयाँ खर्च गरेको छ । तर उक्त खर्चसँग सम्बन्धित आवश्यक अभिलेख तथा प्रमाणहरू व्यवस्थित रूपमा नराखिएको पाइएको छ । यसले भ्रमणको उद्देश्य, उपलब्धि तथा सार्वजनिक स्रोतको प्रभावकारी उपयोग भएको हो वा होइन भन्ने विषयमा पर्याप्त आधार प्रस्तुत गर्न नसकेको महालेखापरीक्षकको निष्कर्ष छ । भ्रमण खर्च नियमावली, २०६४ को नियम २१ ले भ्रमणमा खटिने पदाधिकारी वा कर्मचारीको सम्पूर्ण विवरण अभिलेखीकरण गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ । सो नियमअनुसार भ्रमण आदेश नम्बर, भ्रमणमा खटिने कर्मचारी वा पदाधिकारीको नाम, पद, भ्रमणको स्थान, मिति, सवारी साधनको टिकट लगायतका विवरण अनुसूची–६ बमोजिमको ढाँचामा कार्यालय प्रमुखबाट प्रमाणित गरी अभिलेख राख्नुपर्ने व्यवस्था छ। साथै, भ्रमणमा खटाउने पदाधिकारीले विश्वसनीय आधार र प्रमाण स्थापित हुने गरी आवश्यक आन्तरिक नियन्त्रण प्रणालीसमेत विकास गर्नुपर्ने कानुनी दायित्व रहेको छ । तर के आई सिंह गाउँपालिकाको हकमा भ्रमण अभिलेख खाता प्रमाणित भएको नदेखिएको, कोष प्रमाणित कागजात नराखिएको, बस वा माइक्रोबसको टिकट संलग्न नभएको तथा भ्रमणपछि तयार गरिनुपर्ने अनुगमन प्रतिवेदनसमेत उपलब्ध नभएको … Continue reading के आई सिंह गाउँपालिकामा एक वर्षमै भ्रमणमा साढे २० लाख खर्च, खाजा-खानामा २६ लाख स्वाहा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed