शेयर बजारमा राईदाई गरिरहेको कालोधन छानविन कहिले ? बालेनको सुशासनको धज्जी नउडोस्

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकार यतिबेला सुशासनका लागि सम्झौता विहिन अभियानमा छ । सरकारले थुप्रै बिचौलिया, सेटिङकर्ता र कालोधनको खेतिपाती गर्नेहरुलाई जेल हाल्ने तयारी गरिरहेको छ । गृहमन्त्री सुदन गुरुङको तिखो नजर देशभित्र जनताले चुसेर रातारात अर्बपति बनेकाहरुलाई कसरी तह लगाउने भन्नेमा नै केन्द्रीत छ । तर, यही बीचमा शेयर बजारमा कालोधन छिराएर रातारात अर्बपति बनेकाहरुको सम्पत्ति छानविन नभएको देखेर एकाथरी शेयर लगानीकर्ताहरु आश्चर्यचकित बनेका छन् । नेपाली शेयर बजारमा चप्पल लगाएर सडकमा दौडनेहरु आज अर्बपति बनेका छन् । नेपाली शेयर बजारमा इन्साइडर ट्रेडिङ गर्ने, लोक्यापमा चलखेल गर्ने, कृत्तिम रुपमा शेयरको मूल्यअत्याधिक बृद्धि गरी लगानीकर्ताहरु डुबाउने र सीमित व्यक्तिहरु मालामाल बन्ने गलत प्रवृत्ति विगतदेखि नै चल्दै आइरहेको थियो । जुन अहिले केही मत्थर जस्तो देखिए पनि अझै जारी छ । धितोपत्र ब्रोकरसँग मिलेर असीमित क्रेडिट लिने, सामान्य चेक धितो राखेकै घरमा रातारात मालामाल बन्ने खेलमा सहभागी ब्रोकर कम्पनी समेतमाथि छानविन बाँकी छ । एउटा भृकुटी स्टक ब्रोकरबाट भएका तमाम कामहरु सरकारले थाहा पाएकै छ । यस्ता धन्य अन्य ब्रोकरहरुबाट कति भएका होलान यसको छानविन कहिले हुन्छ आजको तेजिलो प्रश्न बनेर सरकार सामू उभिएको छ । आफू रातारात मालामाल बन्ने, लगानीकर्ताहरुलाई शेयर घाटा खाएरै भएपनि बेच्न उक्साएर सबै शेयर एकत्रित गरेका घटना होस् वा कृत्तिम रुपमा अभाव सिर्जना गरी मूल्य … Continue reading शेयर बजारमा राईदाई गरिरहेको कालोधन छानविन कहिले ? बालेनको सुशासनको धज्जी नउडोस्