प्रेम आचार्यलाई सम्झाउने त्रिपुरेश्वरको घटना, राज्यले कहिलेसम्म नागरिकलाई आफैं जल्न बाध्य बनाउने?

टिप्पणी २०७९ माघ १० गते, त्यो दिन केवल पात्रोको एउटा मिति थिएन, त्यो दिन एउटा राष्ट्रको विवेकमाथि लेखिएको कालो धब्बा थियो । काठमाडौंको नयाँ बानेश्वरको व्यस्त सडकमा हजारौँ मानिस आफ्नै काममा दौडिरहेका थिए । त्यही भीडको बीचमा एक मानिसले आफ्नै शरीरमा पेट्रोल खन्याए । आगोको ज्वाला उनको शरीर सल्कियो । त्यो आगो राज्यको चरम बेथिति, कुशासन, भ्रष्टाचार, कमिसनतन्त्र, आर्थिक अन्याय र नागरिकप्रतिको निर्मम उदासीनताविरुद्धको अन्तिम प्रतिरोध थियो । ति ब्यक्ति थिए प्रेम आचार्य । भोलिपल्ट अस्पतालको शय्यामा उनले अन्तिम सास फेरे । तर उनको मृत्यु केवल एउटा व्यक्तिको मृत्यु थिएन । त्यो एउटा सपना मरेको दिन थियो । एउटा उद्यमी मरेको दिन थियो । एउटा बाबुको आशा, एउटा परिवारको आधार र एउटा नागरिकको विश्वास मरेको दिन थियो । त्यस दिनदेखि माघ १० नेपालको इतिहासमा केवल एउटा मिति रहेन यो राज्यले आफ्नै नागरिकलाई कति असहाय बनाउन सक्छ भन्ने भयावह स्मृतिको दिन बन्यो । त्यो दिनले देखायो—जब राज्यले आफ्ना नागरिकलाई बाँच्ने वातावरण दिन सक्दैन तब नागरिकले अन्तिम विकल्पका रूपमा मृत्यु रोज्न बाध्य हुन सक्छ । प्रेम आचार्य कुनै अपराधी थिएनन् । उनी देशमै केही गरौँ, उत्पादन गरौँ, रोजगारी सिर्जना गरौँ भन्ने सपना बोकेका एक संघर्षशील उद्यमी थिए । उनले कृषि र घ्यू उत्पादनको व्यवसाय थाले । उनले विदेश पलायन होइन, आफ्नै माटोमा … Continue reading प्रेम आचार्यलाई सम्झाउने त्रिपुरेश्वरको घटना, राज्यले कहिलेसम्म नागरिकलाई आफैं जल्न बाध्य बनाउने?