इन्ड्राइभ राइडरको विद्रोह: ‘श्रमको मूल्य देऊ, नत्र देश छोड्छौं’
काठमाडौँ । दैनिक सयौ युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै खाडी, मलेसिया, कोरिया, जापान र युरोपतर्फ उडिरहेका छन् । कसैले ऋण काढेर विदेशको बाटो रोजे, कसैले गाउँघर छाडे, कसैले परिवारको भविष्य उज्यालो बनाउने आशामा आफ्नै देशसँग दूरी बढाए । तर पछिल्ला केही वर्षमा डिजिटल प्रविधिको विस्तारसँगै राइड–सेयरिङ एपहरूले धेरै युवालाई स्वदेशमै रोजगारीको विकल्प देखायो । मोटरसाइकल, मोबाइल फोन र इन्टरनेटको भरमा दैनिक हजारौँ यात्रुलाई सेवा दिँदै उनीहरूले आफ्नै देशमा पसिना बगाएर भविष्य बनाउन सकिने आशा देखे । यही आशाले धेरै युवालाई विदेश पलायनबाट रोकेको थियो । तर आज ती युवाकै अनुहारमा निराशा छ, हातमा प्लेकार्ड छ, घाँटीमा नारा छ र आँखामा प्रश्न छ । उनीहरू सडकमा उभिएर एउटै आवाज उठाइरहेका छन ‘हाम्रो श्रमको मूल्य कहिले पाउँछौँ ?’ काठमाडौंको सडकमा बुधबारदेखि देखिएको दृश्य कुनै सामान्य विरोध प्रदर्शन थिएन । यो सडकमा दिनरात गुड्ने, घाम, पानी, धुलो, जाम र दुर्घटनाको जोखिमसँग जुध्दै यात्रुलाई गन्तव्यसम्म पुर्याउने हजारौँ राइडरको पीडा थियो । स्वतन्त्र चालक फाउण्डेशन नेपालको आयोजनामा इन्ड्राइभका राइडरहरूले कम्पनीले श्रम शोषण गरेको आरोप लगाउँदै उचित पारिश्रमिक, वैज्ञानिक भाडादर र श्रमिक अधिकार सुनिश्चित गर्न माग गर्दै आन्दोलन सुरु गरेका हुन् । पहिलो दिन कम्पनीको कार्यालय घेराउ गर्दै धर्ना दिएका उनीहरू दोस्रो दिन माइतीघर मण्डलामा पुगे । उनीहरूको आन्दोलनको मूल उद्देश्य एउटै थियो ‘हामीलाई दया होइन, … Continue reading इन्ड्राइभ राइडरको विद्रोह: ‘श्रमको मूल्य देऊ, नत्र देश छोड्छौं’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed