माइक्रोफाइनान्सको वित्तीय विवरणमा चमक: ५० लघुवित्तको नाफा १२ अर्ब, खराब कर्जा कति ? (तथ्याङ्कसहित)
काठमाडौं । आर्थिक मन्दी, कारोबारमा आएको सुस्ती तथा विभिन्न आन्दोलनको प्रभावका बीच दबाबमा परेको लघुवित्त क्षेत्र क्रमशः सुधार र स्थिरतातर्फ उन्मुख भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको कर्जा पुनर्संरचनाको सुविधापछि ऋणीहरूलाई किस्ता भुक्तानी सहज हुनु, खराब कर्जाको दबाब कम हुँदै जानु तथा वित्तीय गतिविधिमा सुधार आउनुका कारण लघुवित्त वित्तीय संस्थाहरूको नाफामा उल्लेख्य उछाल देखिएको हो । नेपाल राष्ट्र बैंकको कर्जा पुनर्संरचना सुविधाले आर्थिक दबाबमा परेका ऋणीहरूलाई तत्काल राहत दिनुका साथै लघुवित्त संस्थाहरूको खराब कर्जा व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पारेको देखिन्छ । ऋणीले किस्ता भुक्तानीका लागि थप समय पाउँदा निष्क्रिय कर्जाको दबाब घटेको र त्यसको प्रत्यक्ष प्रभाव संस्थाहरूको नाफामा परेको हो। सार्वजनिक वित्तीय विवरणहरूले पनि अधिकांश लघुवित्त संस्थाको खराब कर्जा अनुपात अघिल्लो वर्षको तुलनामा घटेको देखाएका छन् । नेप्सेमा सूचीकृत ५० वटै लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/०८३ मा समग्र लघुवित्त क्षेत्रको खुद नाफा १५३.११ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा ५० लघुवित्तको कुल खुद नाफा ४ अर्ब ७५ करोड ६ लाख ७३ हजार रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षमा बढेर १२ अर्ब २ करोड ४३ लाख ९ हजार रुपैयाँ पुगेको छ। अर्थात् एक वर्षमै लघुवित्त क्षेत्रको खुद नाफामा ७ अर्ब २७ करोड ३६ लाख ३६ हजार रुपैयाँको वृद्धि भएको छ । नाफामा सबैभन्दा … Continue reading माइक्रोफाइनान्सको वित्तीय विवरणमा चमक: ५० लघुवित्तको नाफा १२ अर्ब, खराब कर्जा कति ? (तथ्याङ्कसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed