टाटा सिएरा ईभीको नेपालमा प्रि-बुकिङ खुला, यस्ता छन् विशेषता
काठमाडौं । टाटा मोटर्सको बहुप्रतीक्षित विद्युतीय एसयूभी सिएरा ईभीको नेपालमा प्रि-बुकिङ सुरु भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटो शोबाट सिएरा ईभीको बुकिङ लिन थालेको हो । कम्पनीले हालसम्म एसयूभीको आधिकारिक मूल्य सार्वजनिक गरेको छैन । ग्राहकबाट टोकन रकम लिएर प्रि-बुकिङ सुरु गरिएको सिप्रदीले जनाएको छ । अहिले बुकिङ गर्ने ग्राहकलाई दशैं आसपास गाडी उपलब्ध गराउने तयारी कम्पनीको छ । सिएरा ईभी दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ । यसमा ६३ किलोवाट आवर र ७५ किलोवाट आवरका ब्याट्री प्याक छन् । कम्पनीका अनुसार यी ब्याट्रीले क्रमशः ५३५ किलोमिटर र ६६५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छन् । १५ मिनेटको फास्ट चार्जिङबाट करिब २६३ किलोमिटरसम्म यात्रा गर्न सकिने दाबी पनि गरिएको छ । पावरका हिसाबले रियर ह्वील ड्राइभ (RWD) मोडलमा १७५ किलोवाट र अल ह्वील ड्राइभ (AWD) भेरियन्टमा २२५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । एसयूभीले अधिकतम ५०४ न्यूटन मिटर टर्क उत्पादन गर्छ । सिएरा ईभीका विभिन्न भेरियन्टमा अगाडिको डिजाइन समान राखिएको छ । यसमा फुल एलईडी लाइटबार, प्रोजेक्टर एलईडी हेडलाइट, फ्लस-टाइप डोर ह्यान्डल, सिग्नेचर सिएरा रियर क्वाटर ग्लास, १८ इन्चका ह्वील, रुफ स्पोइलर र शार्क-फिन एन्टेना जस्ता डिजाइन एलिमेन्ट छन् । सस्पेन्सनतर्फ अल्ट्रा गाइड तथा फ्रिक्वेन्सी-डिपेन्डेन्ट ड्याम्पिङ प्रविधिको प्रयोग गरिएको छ भने पछाडि इन्डिपेन्डेन्ट सस्पेन्सन दिइएको … Continue reading टाटा सिएरा ईभीको नेपालमा प्रि-बुकिङ खुला, यस्ता छन् विशेषता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed