काठमाडौं । झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद प्रकाश पाठक झापाबाट काठमाडौंतर्फको यात्रामा थिए । साथमा झापाका दुई सांसदसहित चार जना थिए । यात्रा सहज रूपमा अघि बढिरहेको थियो । तर सिन्धुलीको कमलामाई नगरपालिकास्थित भीमानतर्फ आइपुग्दा केही सेकेन्डमै यात्रा भयावह दुर्घटनामा परिणत भयो । गाडी थियो– बीवाईडी एटो ३ सवारी चालक लक्ष्मण पोखरेलले अचानक ब्रेक नलागेको र स्टेयरिङ लक भएको भन्दै कराए । समस्या देखिएको करिब पाँच सेकेन्डमै गाडी नियन्त्रणबाहिर पुग्यो । सडकको डिभाइडरमा ठोक्किँदै गाडी एउटा घरको किनारमा पुगेर रोकियो । गाडी गम्भीर दुर्घटनामा पर्दा गाडीमा रहेका कुनै पनि सुरक्षा प्रणालीले काम गरेनन् । न एयर ब्याक निस्कियो न अन्य प्रणाली नै सक्रिय भए । यो गुनासो सांसद पाठकले आफ्नो समाजिक सञ्जाल फेसबुक मार्फत भिडियोसहित साझा गरेका छन् । बीवाईडीका गाडीसम्बन्धी विवाद वा गुनासो सार्वजनिक भएको यो पहिलो घटना भने होइन । यसअघि समेत बिवाईडी ब्रान्डका सवारी साधनको कमजोरीको कारण बेला बेलामा आगलागी वा दुर्घटनामा पर्ने गरेका छन् । यसअघि पूर्वउपसभामुख इन्दिरा राना मगरले आफूले प्रयोग गरेको सरकारी बीवाईडी एटो ३ बारे गम्भीर असन्तुष्टि व्यक्त गरेकी थिइन् । सरकारी सवारी बुझाउने क्रममा उनले बीवाईडीको स्क्रिन स्पष्ट नदेखिने र त्यसका कारण पटक–पटक जोखिमपूर्ण अवस्था आएको दाबी गरेकी थिइन् । उनले बीवाईडीको स्क्रिनकै कारण आफू दुर्घटनाको नजिक पुगेको बताएकी थिइन् … Continue reading बीवाईडी एटो ३ मा ब्रेक नलाग्दा र स्टेयरिङ लक हुँदा भयानक दुर्घटना, यही ब्रान्डमा बारम्बार समस्या किन?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed