यी तीन माध्यमबाट हेर्नुहोस् बेनी हाइड्रोपावरको आईपीओ रिजल्ट
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता आईपीओ बिक्री खुला गरेको थियो। आईपीओमा मागभन्दा करिब ३० गुणा बढी आवेदन परेकाले गोलाप्रथा विधिद्वारा आईपीओ बाँडफाँड भएको हो। बाँडफाँडमा भाग्यशाली ८६ हजार ३२० जनाले १०–१० कित्ताका दरले आईपीओ हात पाएका छन् भने बाँकी आवेदकको हात खाली भएको छ। कम्पनीले आईपीओको नतिजा अनलाइनमा सार्वजनिक हुन केही समय लाग्ने जनाएको छ। सार्वजनिक भएपछि यी माध्यमबाट हेर्न सकिनेछ। https://iporesult.cdsc.com.np/ https://www.nmbcl.com.np/ipo https://meroshare.cdsc.com.np/#/login बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८६ हजार ३२० जनाले पाए शेयर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed