जीवन बीमकको व्यवसाय साढे १५% ले बढ्यो, वृद्धिदरमा आक्रामक आइएमई-प्रभु र सन नेपाल
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै जीवन बीमा कम्पनीहरूले ४० अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले साउन र भदौमा कुल ४० अर्ब ५४ करोड १४ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका हुन्। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा जीवन बीमा कम्पनीहरूले ३५ अर्ब २४ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए। गत वर्षको तुलनामा यस वर्षको समीक्षा अवधिमा जीवन बीमा व्यवसाय १५.०१ प्रतिशतले बढेको छ। कुल बीमाशुल्क आर्जनका आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ। कम्पनीले चालु आर्थिक वर्षको साउन र भदौमा १० अर्ब ५८ करोड आठ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले नौ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ आर्जन गरेको थियो। यससँगै कम्पनीको बीमाशुल्क आर्जन ९.२७ प्रतिशतले बढेको छ। दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले समीक्षा अवधिमा चार अर्ब ८५ करोड ८६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले तीन अर्ब ९८ करोड ३२ लाख रुपैयाँ सङ्कलन गरेको थियो। यसअनुसार कम्पनीको व्यवसाय २१.९९ प्रतिशतले बढेको छ। तेस्रो स्थानमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले चार अर्ब ४१ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीको … Continue reading जीवन बीमकको व्यवसाय साढे १५% ले बढ्यो, वृद्धिदरमा आक्रामक आइएमई-प्रभु र सन नेपाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed