चक्र मल्लको असक्षमता बजेटमै छताछुल्ल!, सुदूरपश्चिममा चुलियो विवाद

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएसँगै प्रदेशको राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा भएको छ । आर्थिक अनुशासन, विकासको प्राथमिकता र जनताको अपेक्षालाई सम्बोधन गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको बजेट नै सत्तारुढ दलभित्र विवादको विषय बनेपछि आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठ्न थालेका छन् । करिब दुई महिनाको ढिलाइपछि सार्वजनिक भएको बजेटले प्रदेशको विकासलाई नयाँ दिशा दिने अपेक्षा गरिएको थियो । तर, बजेट सार्वजनिक भएको केही समयमै सत्तापक्षकै सांसदहरूको असन्तुष्टि चुलिनु, संसद्को बैठक स्थगित हुनु र सामाजिक सञ्जालमा आलोचना बढ्नुले सरकारको तयारी तथा नेतृत्व क्षमतामाथि प्रश्न खडा गरेको छ । आइतबार प्रदेश सभामा आर्थिक मामिलामन्त्री मल्लले ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि छलफल गरी त्यसलाई संसदीय प्रक्रियामार्फत अघि बढाउने उद्देश्यले सोमबार बिहान ८ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । तर, बजेटका विषयमा सत्तारुढ दलभित्रै असन्तुष्टि बढेपछि बैठक मंगलबारसम्मका लागि स्थगित गर्नुपर्‍यो । प्रदेश सभा सचिवालयले मंगलबार बिहान ९ बजेका लागि बैठक बोलाएको जनाएको छ । बजेट ल्याउनु मात्र सरकारको सफलता होइन । त्यसलाई आवश्यकता, औचित्य, उपलब्ध स्रोत र जनताको प्राथमिकताका आधारमा तयार गर्नु तथा आफ्नै दल र संसद्मा त्यसप्रति विश्वास कायम गर्न सक्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । तर, मल्लले प्रस्तुत गरेको बजेटको विषयमा सत्तारुढ … Continue reading चक्र मल्लको असक्षमता बजेटमै छताछुल्ल!, सुदूरपश्चिममा चुलियो विवाद