सरकारी खरिदमा पाँच कम्पनीलाई झट्का, एकलाई तीन वर्षको प्रतिबन्ध

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको उक्त कार्यालयले उनीहरूलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो । कालोसूचीमा पर्ने कम्पनीहरूमा बराहा डेभलपर्स प्रालि, दिपक निर्माण सेवा, अभियन्ता कन्स्ट्रक्सन प्रालि, फूलबाराही डेभलपर्स एण्ड इन्भेष्टमेन्ट प्रालि र प्रिन्स कन्स्ट्रक्सन रहेका छन् । कार्यालयले बराहा डेभलपर्स प्रालिलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–४ मा रहेको उक्त कम्पनीका मुख्य व्यक्ति भीमबहादुर साउँद हुन् । कम्पनी यसअघि राजेन्द्र निर्माण सेवा प्रालिका नामबाट समेत परिचित थियो । कमलबजार नगरपालिकाको सिफारिसका आधारमा कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । अन्य चार कम्पनीलाई भने दुई–दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । महोत्तरीको जलेश्वर नगरपालिका–२ मा रहेको दिपक निर्माण सेवाका मुख्य व्यक्ति सोमन्त यादव हुन् । हरिनगर गाउँपालिकाको सिफारिसमा उक्त कम्पनीलाई कालोसूचीमा राखिएको हो । त्यसैगरी, रुपन्देहीको बुटवल–९ स्थित अभियन्ता कन्स्ट्रक्सन प्रालिका मुख्य व्यक्ति सजल नेपाल हुन् । भैरहवा बहुमुखी क्याम्पसको सिफारिसमा उक्त कम्पनीमाथि कारबाही गरिएको कार्यालयले जनाएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ मा रहेको फूलबाराही डेभलपर्स एण्ड इन्भेष्टमेन्ट प्रालिका मुख्य व्यक्ति रामकुमार श्रेष्ठ हुन् । पशु रोग अन्वेषण प्रयोगशाला, पोखराको सिफारिसमा कम्पनीलाई कालोसूचीमा राखिएको हो । यसैगरी, पर्साको कालिकामाई गाउँपालिका–२, भेडीहारीमा … Continue reading सरकारी खरिदमा पाँच कम्पनीलाई झट्का, एकलाई तीन वर्षको प्रतिबन्ध