कर्जा प्रवाहमा आक्रामक वाणिज्य बैंक: तीन महिनामा दिए १ खर्ब ४१ अर्ब ऋण, प्रभुसहित तीन वटाको घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह १ खर्ब ४१ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार गत असार मसान्तमा ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ रहेको २० वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह असोज मसान्तसम्म आइपुग्दा बढेर ५४ खर्ब ३० अर्ब ६८ करोड रुपैयाँ पुगेको हो । समीक्षा अवधिमा १७ बैंकको कर्जा प्रवाह बढेको छ भने तीन बैंकको घटेको छ । सबैभन्दा धेरै कर्जा प्रवाह गर्ने बैंकको सूचीमा ग्लोबल आइएमई बैंक पहिलो स्थानमा रहेको छ । असार मसान्तमा ४ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको यस बैंकले असोज मसान्तसम्म ३० अर्ब ९७ करोड रुपैयाँ थप गर्दै कुल कर्जा ५ खर्ब ७ अर्ब ८१ करोड रुपैयाँ पुर्‍याएको छ । त्यस्तै, नबिल बैंकले १६ अर्ब ४४ करोड रुपैयाँ कर्जा बढाएर ५ खर्ब ४ अर्ब ४२ करोड रुपैयाँ पुर्‍याएको छ । असार मसान्तमा यस बैंकको कर्जा प्रवाह ४ खर्ब ८७ अर्ब ९८ करोड रुपैयाँ थियो । यी दुई बैंकले ५ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् । कर्जा प्रवाहको आकारका आधारमा तेस्रो स्थानमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) को कर्जा २ अर्ब ३९ करोड रुपैयाँले बढेर ३ खर्ब ६२ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । राष्ट्रिय वाणिज्य … Continue reading कर्जा प्रवाहमा आक्रामक वाणिज्य बैंक: तीन महिनामा दिए १ खर्ब ४१ अर्ब ऋण, प्रभुसहित तीन वटाको घट्यो